प्रधानमन्त्री देउवासँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७९, शुक्रबार ०४:५६

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओहदाको प्रमाणपत्र पेश गरेपछि राजदूत श्रीवास्तव देउवालाई भेट्न पुगेका हुन् ।

 

भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री देउवाले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धले अझ उचाई हासिल गर्ने आशा व्यक्त गरेका थिए ।

श्रीवास्तवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएका थिए । दुई देशबीचका प्रधानमन्त्रीहरुको भ्रमणले सम्बन्ध अझ प्रगाढ भएको बताएका थिए ।

विनयमोहन क्वात्रा भारतको विदेश सचिव भएपछि श्रीवास्तव राजदूत नियुक्त भएका हुन् । उनी पदभार सम्हाल्न यसै हप्ता नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१