प्रतीक ङ्यसुर र गायिका पुजा तामाङको अभिनय रहेको म्युजिक भिडियो चुई चुई ङोसी सार्वजनिक

evccfn@gmail.com' rastriyakhabar
१६ असार २०७९, बिहीबार २३:०९

https://youtu.be/BuYp5dHjOPI
काठमाडौ । तामाङ म्युजिक भिडियो चुई चुई ङोसी बोलको गीत असार १५ गते वरिष्ठ संगीतकार तथा सेलो गायक चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको छ ।
युवा निर्देशक तथा मोडल प्रतीक ङ्यसुर र गायिका पुजा तामाङको अभिनय रहेको म्युजिक भिडियो पुजा तामाङ अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
तामाङ सांगीतिक क्षेत्रमा प्रतीक ङ्यासुरलाई निर्देशक र पुजा तामाङ गायिकाको रुपमा चिनिन्छन् तर यस ूचुई चुई ङोसीूगीतमा भने प्रतीक र पुजाले परिचय परिवर्तन गर्ने कोसिस गरिरहेका छन् ।
प्रतीक ङ्यासुरले निर्देशन गरेको दर्जनौं भन्दा बढी गीतहरु बजारमा लोकप्रिय छन् । दिपेश लामा र पार्वती बोम्जनको प्रस्तुती रहेको ूचुई चुई ङोसीू म्युजिक भिडियो लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तानको शब्द, संगीत रहेको गीतमा गायक विशाल काल्तान र गायिका पुजा तामाङको आवाज सुन्न सकिन्छ ।
उक्त म्युजिक भिडियोमा मोडल स्वयम् ले निर्देशन गरेको हो भने छायंकन, सम्पादन कुशल क्यामेरा सिनेमाटोग्राफर बिक्रम मोक्तानको रहेको छ।
तामाङ सेलो गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका पुजा तामाङले पछिल्लो समयमा तामाङ प्रेमगीत र नृत्यनात्मक गीतहरुमा आवाज दिदै आएकाछन् ।
चुईचुई ङोसी गीतमा भने अभिनयको मुख्य भुमिका निर्वाह गरेकी छिन् । एरेञ्ज मिक्सिङ ध्वनि सम्पादन वरिष्ठ एरेञ्जर दिपेस प्रधानले गरेका हुन् ।
उक्त पत्रकार सम्मेलन कार्यक्रममा विशेष अतिथिमा तामाङ कलाकार संघको पुर्व अध्यक्ष तथा गायक सञ्जिव वाइवा, अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव सुरेन्द्र थिङ रहेको थियो। अतिथिमा राष्ट्रिय तामाङ घेदुङका साँस्कृतिक विभागका अध्यक्ष अभिषेक तामाङ, नायक सागर घिसिङ, गायक तथा संगीतकार टीका बम्जन,रचनाकार कुमार स्याङवा, लोकप्रय गायिका जितु लोप्चन, तामाङ कलाकार संघको कोषाध्यक्ष खेम मोक्तान,मिसन समृद्ध नेपालका सचिव तथा समाजसेवी सरोज लामा, समाजसेवी फुर्वा दोर्जे लामा, रचनाकार ज्ञानदास लामा, गायक अस्मान लोप्चन, रेस्मा बम्जन,गायक प्रदिप लामा, गायक विहिन दोङ,गायक ओम तामाङ ,गायिका श्री लोप्चन,मोडल मिलन थिङ, गायक विनु लामा, गायक सन्तोष लामा लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
गायक तथा संगीतकार विशाल काल्तानको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चारकर्मी सुदिन दोङले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१