विमला वलीद्वारा मन्त्री पदबाट राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७९, बिहीबार ०५:३४

काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् । दाङ्गस्थित एकराज बस्नेतको घरमा विहानै पुगेर पत्नी र छोरीलाई कुटपिट गरेको आरोप लागेको दुई हप्तापछि उनको राजीनामा आएको हो ।

 

राज्यमन्त्री वलीलाई मुख्यमन्त्री कुलबहादुर केसीले राजीनामा दिन दबाब दिएको बुझिएको छ । वलीको विषयमा छानविन चलिरहेको छ ।

वली दाङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनका पति उत्तरकुमार वलीको निधन भएपछि उपनिर्वाचनमा विमला नेकपाको सूर्य चिन्हबाट विजयी भएकी थिइन् । तर, उनी नेकपा माओवादी केन्द्रमा लागिन् । राज्यमन्त्री सम्म बन्न सफल भइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१