ट्रान्सफर्मरमा समस्या भएपछि बुढानिलकण्ठको विद्युत आपुर्ति बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७९, बिहीबार ०५:२९

काठमाडौं । चपली सबस्टेसनको ट्रान्सफर्मरमा आज बिहानदेखि समस्या आएपछि बुढानिलकण्ठका केही स्थानमा विद्युत आपुर्ति बन्द भएका छन् ।

 

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बुढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपुर्ति बन्द भएको हो ।

चपलीस्थित सबस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहानदेखि समस्या आएको हो ।

एउटा ट्रान्सफर्मरमा समस्या आएपछि जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागेको विद्युत प्राधिकरकण महाराजगञ्जले जनाएको छ । जडान गरेलगत्तै ती क्षेत्रमा विद्युत आपुर्ति सुचारु हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१