महिला बलात्कारको अभियोगमा वडाध्यक्षसहित २ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७९, बिहीबार ०५:१२

काठमाडौं । बैतडीमा महिलालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् ।

 

२८ वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा बैतडीको मेलौली–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही स्थानका केशवसिंह नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत्र १५ गते महिलामाथि उनीहरुले बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

महिलाको स्वास्थ्य परीक्षण पनि गरिएको छ । आरोपित दुवैजनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१