एसपीपीको पत्रमा टिपेक्स लगाएर मेटेर हातले मिति लेखेको ओलीको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०७९, बुधबार ०४:३५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी दूतावासलाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सभागी हुन लेखेको पत्रमा मिति संशोधन गरिएको आरोप लगाएका छन् । मदन भण्डारी जयन्तीको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा पत्र आफू प्रधानमन्त्री हुँदा नभई त्यस अघि नै पठाइसकेको हुनसक्ने दाबी गरे ।

पत्रमा २७ अक्टोबर २०१५ को मिति भनिएपनि टिपेक्स लगाएको आरोप लगाए । उनले भने,‘केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् । म सरकारलाई वरिजिनल पत्र देखाऊ भन्छु ।’

ओलीले हातले नलेखेको पत्र देखाउन चुनौती दिए । आफ्नै पालामा पत्र लेखिएको थियो भने पनि आफूसँग कुनै सरसल्लाह र जानकारी विना लेखिएको दाबी गर्दै त्यो पत्र नै गलत रहेको बताए ।

राष्ट्रियताको सवाललाई झुक्याउने चीज बनाएको भन्दै प्रचण्डको आलोचना गरे । एमसीसीको विरोधमा कार्यकर्ता उचालेर पछि सम्झौता गरेको आरोप लगाए ।

एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको ओलीको भनाई थियो । जनताको दबाबपछि एसपीपीबाट पछि हटेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१