हिसानका महासचिव शर्मा रिहा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ आश्विन २०७१, सोमबार १६:०८

CHILDDDDDDDकाठमाडौँ, २७ असोज   । उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) का महासचिव तथा मध्यबानेश्वरस्थित ह्वाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक युवराज शर्मालाई लेनदेनसम्बन्धी कारोबारका विवादमा प्रहरीले आज दिउँसो पक्राउ गरेकामा साँझ रिहा गरेको छ । मीनभवनस्थित ह्वाइट गोल्ड कलेजको स्वामित्व खरिद गर्ने सहमतिअनुसार केही पूर्वसञ्चालकले पाउनुपर्ने रकम नपाएको भन्ने उजुरीका आधारमा उहाँलाई प्रहरीले निवास बाफलबाट हिरासतमा लिएको थियो । उजुरीकर्ता र आरोपित शर्माबीच गराएको छलफलमा दुवै पक्ष मिलेर विवाद मिलाउने र विवाद नमिले अदालत जाने सहमति भएपछि प्रहरीले रिहा गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१