सिन्धुपाल्चोक ईन्द्रावती ४ को दारेगौंडा देवी मन्दिर पहिरोले क्षति ग्रस्त

evccfn@gmail.com' rastriyakhabar
१४ असार २०७९, मंगलवार २०:४८

सिन्धुपाल्चोक । असार १३ गते राती को अविरल बर्षाले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ४ स्थित श्री दारेगौड दिवी मन्दिर क्षति ग्रस्त भएको छ ।
करिब ७ बर्ष पहिला नवलपुर गाविस बाट ९ नम्बर वडाको लागि छुट्याको २० हजार बजेट बाट निर्माण भएको देवी मन्दिर गए रातिको अविरल बर्षाको कारण भत्किएको छ ।
एतिहासिक देवी मन्दिर मा बर्षेनि माघ पुर्णिामा को दिन ठुलो मेला लाग्ने स्थानीयहरु बताउछन् ।
बिहान पख मन्दिर भत्किएको को अवस्था मा रहेको स्थानीय पदम बहादुर तामाङले बताएका छन् । हामिले बर्सेनि गुठी पुजा गर्ने मन्दिर भत्किएको देख्दा स्थानीय दुखी भएका छन् ।

स्थानीय को अनुसार मन्दिर रातको २ बजे तिर भत्किएको अनुमान छ । तामाङ को अनुसार राती सुत्ने बेलामा ठुलो अवाज आएको थियो ।
तामाङहरुको को १० घर मिलेर बर्सेनि गुठी पुजा गर्ने मन्दिर भत्किएदा स्थानीय दुखित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१