जर्मनीको दोस्रो बराबरी, इंग्ल्याण्डलाई पहिलो अंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७९, मंगलवार ०५:३३

एजेन्सी । युईएफए नेसन्स लिगमा जर्मनी र इंग्ल्याण्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा जर्मनी र इंग्ल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

एल्लिनाज एरिनामा भएको खेलमा जर्मनीको लागि जोनास होफम्यान र इंग्ल्याण्डको लागि ह्यारी केनले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा किमिचको पासमा होफम्यानले गोल गर्दै जर्मनीलाई शुरुवाती अग्रता दिलाएका थिए । ८८ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

यससँगै जर्मनीले लिगमा दोस्रो बराबरी खेल्दै समुह ३ को तेस्रो स्थानमा रहेको छ । यता पहिलो अंक जोडेको इंग्ल्याण्ड समूहको पुछारमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१