लोकगायिका दिलमाया सुनारको हत्या भएको खुल्यो, आत्महत्या देखाउन नक्कली सुसाइड नोट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७९, सोमबार ०५:१३

काठमाडौ । लोकगायिका दिलमाया सुनारको हत्या भएको खुलेको छ । यसअघि आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको खुलेको हो ।

प्रहरीको विश्वस्त स्रोतका अनुसार दिलमायालाई उनीसँग लिभिङ्ग टुगेदनमा रहेका सुरेश श्रेष्ठले हत्या गरेका हुन् । हत्यामा सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

दिलमाया सुनारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ, अनुसन्धानमा संलग्न एक प्रहरीले भने । उनले पोष्टमार्टम रिपोर्टबारे थप तथ्य खुल्ने बताए । प्रहरीसँगको बयानमा सुरेशले विवाहका लागि दबाब दिन थालेपछि विवाद हुँदा हत्या गरेको बताएको बुझिएको छ ।

आत्महत्या देखाउन सुरेश आफैले सुसाइड नोट लेखेर पोष्ट गरेको समेत खुलेको छ । उनले प्रहरीलाई झुक्याएर आत्महत्या गरेको देखाउन दिलमायाको भावुक खालको भिडियो समेत पोष्ट गरेका थिए ।

दिलमाया सुनारको शव बालाजुको नेपालटारस्थित कोठामा ११ असारको विहान मृत अवस्थामा फेला परेको थियो । उनको सामाजिक सञ्जालमा सुसाइड नोट पढेपछि कलाकार उदीराम खड्काले सुनारको निकट मित्रलाई फोन गर्न लगाएका थिए । फोन नलागेपछि कोठा पुगेर हेर्दा मृत अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा लिभिङ्ग टुगेदरमा रहँदै आएका सुरेश श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि अनुसन्धानका क्रममा हत्या खुलेको थियो ।

पतिसँग सम्बन्ध विच्छेद गरी सुनार काठमाडौंमा गायन क्षेत्रमा गुजारा चलाउँदै आएकी थिइन् । उनको पहिलो पतिका तर्फबाट जन्मिएका छोरा सुर्खेतस्थित माइतीमै बस्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१