माधव नेपाल र झलनाथ खनाललाई झाँक्रीको धन्यवाद, ओलीप्रतिको सम्मान कायमै रहेको भनाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७९, सोमबार ०५:१०

काठमाडौं । निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सही छाप गरेर मन्त्री नबनेको स्पष्ट पारेकी छिन् ।

मन्त्रीबाट राजीनामा दिएलगत्तै प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनले समाजवादी पार्टीकै कारण आफू मन्त्री बनेको स्मरण गराईन् ।

झाँक्रीले आफू भावुक प्रकृतिको व्यक्ति भएकोले आँशु रोक्न नसक्ने बताईन् । र, यो आफ्नो कमजोरी भएकोले अब ४० वर्ष काटिसकेकोले यो कमजोरी सुध्रिने सम्भावना नरहेको उनको भनाई छ । उनले आजकै दिनमा एमाले र एकीकृत समाजवादीबीच एकताको सम्भावना नरहेको दाबी गरिन् ।

तर, पार्टी एकता वा सहकार्यको सम्भावना भने सधैं जीवित रहेको उनको भनाई छ । उनले आफूलाई मन्त्री बनाउनको लागि भूमिका खेलेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई धन्यवाद दिईन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे भने उनले मन्त्री हुँदा टिकाटिप्पणी वा आलोचना नगरेको स्मरण गराउँदै अहिलेपनि उत्तिकै सम्मान रहेको सुनाईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१