तारकेश्वर नगरपालीकाको बजेट २ अर्ब ६ करोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७९, आईतवार ०५:११

काठमाण्डौ । तारकेश्वर नगरपालीकाले आर्थिक बर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट पेश सार्वजनीक गरेको छ ।
तारकेश्वरका मेयर कृष्णहरी महर्जनले आज नगरपालीकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा आगामी आर्थीक बर्षका लागि २ अर्ब ६ करोड ४६ लाख १४ हजार रुपयाँको बजेट प्रस्तुत गर्नुभयो । जस अनुसार पुँजीगत तर्फ १ अर्ब ३८ करोड ७६ लाख ५८ हजार र चालु तर्फ ६७ करोड ६९ लाख ५६ हजार बजेट बिनियोजन गरिएको छ ।
नगरपालीकालाई प्राप्त संघीय सरकारबाट ५९ करोड ६ लाख, प्रदेश सरकारबाट ९ करोड ५२ लाख ५३ हजार, अन्य शिर्षकबाट ५ करोड ५५ लाख , आन्तरीक श्रोतबाट २५ करोड ५ लाख ३३ हजार, राजश्व बाँडफाँडबाट ५७ करोड ५२ लाख ५१ हजार, अन्य शिर्षकबाट ४५ करोड ७४ लाख ७७ हजार खर्च व्यहोरीने उल्लेख गरिएको छ ।

स्थानीय सरकारले जनतालाई करको भार मात्र थोपर्ने गर्दछ भन्दै जनतामा नकारात्मक सन्देश गइरहेको बेलामा तारकेश्वर नगरपालीकाले करको दायरा बढाँउदै बिगतमा लिंदै आइरहेको कर केहि करहरु घटाएको छ । जस अनुसार आर्थीक बर्ष २०७९/८० मा सम्पत्ती करमा ६.०६ प्रतिशतले कम लिइने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने विद्यार्थीहरुले आम्दानी प्रमाणीत गर्नका बखत तिदै आएको १० प्रतिशत घरबहाल करलाई घटाएर १ प्रतिशत मात्र कायम गरिएको छ । स्थानीय कर र सेवा शुल्क दस्तुर लगायतका करहरुको दायरा बढाई आगामी आर्थीक बर्ष देखि आन्तरिक राजश्व बृद्धि गर्ने नीति अबलम्बन गरीने छ । सो कर र सेवा शुल्क लिने क्रममा सर्वसाधारण जनतालाई प्रत्यक्ष प्रभाब पार्ने करको दर घटाइ सिमित क्षेत्रमा छुट दिइने उल्लेख छ ।
त्यस्तै नगरपालीकाले लिने सेवा शुल्क दस्तुरलाई कार्यालयले उपलव्ध गराउने सेवाको लागत र सेवाग्राहीको शुल्क दस्तुर तिर्न सक्ने क्षमता र सार्मथ्यतालाई हेरेर तालमेल हुने गरी सेवा शुल्क दस्तुरका नयाँ दर निर्धारण गरि लागु गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१