गोकर्णेश्वर नगरपालिकाको बजेट २ अर्ब १० करोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७९, आईतवार ०५:०९

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आर्थिक बर्ष २०७९ / ८० को लागी कुल २ अर्ब १० करोडको अनुमानित बजेट प्रस्तुत गरिएको छ । पिस ब्यांकेटमा नगर प्रमुख दिपक रिसालको अध्यक्षतामा आयोजित नगर सभाको उद्घाटन सत्रको प्रमुख अतिथिको रुपमा नेकपा एमाले पोलिटब्युरो सदस्य एबम प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक माननीय छिरिंग दोर्जे लामा,नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति एबम गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख सन्तोष चालिसे निवर्तमान नगर उप प्रमुख शान्ती नेपाल , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश क सभापति श्रीराम चालिसे, नेकपा एमाले गोकर्णेश्वर अध्यक्ष उद्दब बिष्ट, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा बिभिन्न राजनीतिका दलका प्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु ,नगर सभासदस्य लगायत कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख टंकनाथ घिमिरेले गरेका थिए ।

राष्ट्रिय र नगर गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य एबम प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइले पानसमा दिप प्रज्वलन गरि गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।कार्यक्रमको उद्घाटन सत्रमा नगरपालिका उप प्रमुख सानान्नी लामाले शुभकामना मन्तब्य राख्दै भ्रस्टाचार मुक्त, सुशासन युक्त आधारभुत पूर्वाधारहरुमा समृद्द नगर बनाउन केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरेकी थिइन उनले पन्च बर्ष योजना सहित कार्यक्रमहरु अगाडी बढाइने बताएकी थिइन ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति एबम गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख सन्तोष चालिसेले धेरै बिकासका धेरै कामको जग आफुले बसालेको र त्यो बसालेको जगमा इँटा थप्ने काममा लाग्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गरेका थिए बिगतका वर्षहरुमा धेरै काम भएको हुँदा नव निर्वाचित जनप्रतिनिधिहरुलाई आगामी दिनमा काम गर्न सहज हुने बिश्वास ब्यक्त गरेका थिए उनले सबैजनाले साझा रुपमा काम गर्न अनुरोध गरेका थिए ।

 

कार्यक्रमलाइ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक माननीय छिरिंग दोर्जे लामाले नगर सभा सफलताको शुभकामना दिदै जनप्रतिनिधिले नीति योजना बनाउने र त्यो नीति योजनालाई कार्यान्वयन गराउने काम प्रशासनको भएको बताए। उनले बागमती प्रदेशले बनाएको ऐन नियम अनुसार नगर सभा संचालन गर्न ध्यानाकर्षण समेत गराएका थिए । बिगतका वर्षहरुमा गोकर्णेश्वर नगरपालिकामा धेरै काम भएको बताउदै थप नया काम गर्न जिम्मेवार ढंगले लाग्न नगर सदस्यहरुलाई अनुरोध गरेका थिए ।कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य एबम प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइले नगर सभा सफलताको कामना गरेका थिए। बितेका समय भन्दा आगामी दिनमा गर्नुपर्ने काममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

 

नगरपालिकाले धेरै कानुन बनाएको र त्यसलाई पूर्णता दिनु पर्नेछ भने त्यसलाई संसोधन गर्न सकिने बताएका थिए कानुनहरु जहिले पनि संसोधनिय बिषय भएको बताएका थिए । जन जीवन संग जोडीएका बिषयलाइ प्राथमिकतामा राखेर अघि बढ्न अनुरोध गरेका थिए । जनप्रतिनिधिहरुलाई राम्रो संग काम गर्न गराउन राजनीतिक दलका आफ्ना कमिटि मार्फत, आम नागरिक बुद्धिजीवी बिभिन्न पेशा व्यवसायी संघ संस्थाहरु र कर्मचारीहरुले पनि रचनात्मक सुझाब दिएर जनप्रतिनिधिलाइ जनताको काम गर्न सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । एकले अर्को लाइ दोष दिएर बिकासको काम बाट नपन्छिन समेत सबैलाई अनुरोध गरेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै नगर प्रमुख दिपक रिसालले उपस्थित सबैलाई धन्यबाद दिदै नगरपालिकाले अन्तर्गत बजेट बिनियोजन भएका कार्यक्रममा खादा माला नलगाउने निर्णय भएको जानकारी गराए उनले निवर्तमान नगर प्रमुख सन्तोष चालिसेको टिमले उत्कृष्ट काम गरेको जानकारी गराए उनले ६ महिना भित्र फोहोर मैला व्यवस्थापनको कामले गति लिने बताए । घरको फोहोर घर बाट नै व्यवस्थापन गर्ने गरि कार्यक्रम ल्याउने बताएका थिए । उनले समृद्द नगर बनाउन ५० जनाको टिम नै लाग्ने जानकारी गराएका थिए । दलीय समन्वय गरि अगाडी बढ्ने पनि बताएका थिए ।

कार्यक्रमका अध्यक्ष गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति कार्यक्रम तथा बजेटमा सामजिक क्षेत्र,(शिक्षा, स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार,फोहोर मैला व्यवस्थापन स्वस्थ्य बिमा रोजगार लगायतको योजना सहित पन्च बर्षे योजना सहित कार्यक्रमलाइ प्राथमिकता दिइएको जानकारी गराएका थिए । नगर सभामा प्रस्तुत भएको नीति, कार्यक्रम तथा बजेट अध्ययनका लागि पालिका सदस्यहरुलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०