स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानको नियमित जनचेतना तथा सफाइ अभियान सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
११ असार २०७९, शनिबार २२:१६

 

काठमाडौं । जीवन र प्रकृती बिचमा सन्तुलन कायम राख्न वातावरणीय स्वच्छता अनिवार्य सर्त भएकोले फोहरमैलाको उचित ब्यबस्थापन र हरीयाली प्रबर्धन गर्ने उदेश्यले वातावरणप्रेमीहरु को संगठनको रुपमा अगाडी आएको स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले स्थानियवासी, संघ संस्था,नेपाल प्रहरी,काठमाडौं महानगरपालिका लगाएतको उपस्थितिमा जनचेतना तथा सफाइ अभियान सम्पन्न गरेको छ ।
कामपा १६ बालाजु बाइपास बाट शुरु भएको अभियान नेपालटार आर्मी ब्यारेक हुँदै भित्रि गल्लिबाट कुमारी स्थान मा आएर समापन भएको थियो ।
राष्ट्रियगान बाट शूरुभएको कार्यक्रममा कार्यक्रमको संयोजक मुकुन्द सिलवालले आफ्ना भनाईहरु राख्दै अगाडी बढाउनु भएको थियो भने कार्यक्रमको समापनमा सन्चारकर्मी तथा युवा नेता उद्धवराज भेटवालले आफ्ना भनाईहरु राख्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका र त्यस क्षेत्रमा फोहर ब्यबस्थापनको कार्य गर्दैआएको निजि कम्पनि ग्रीनसिटी सेनिटेशन प्रा.लि.को गाडीमा सडक क्षेत्रमा रहेको फोहर ब्यबस्थापन गरीनुको साथै आम नागरिकको घरदैलोमा पुगेर अभियन्ताहरुले फोहरलाई श्रोतमै ब्यबस्थापन गर्नेबारे जनचेतना दिनु भएको थियो ।
फोहरमैला ब्यबस्थापन ऐन २०६८ , नियमावली २०७१ , स्थानिय सरकार सन्चालन ऐन २०७४ र स्थानिय सरकारले बनाएका कार्यबिधि हरुमा समेत फोहरलाई कुहिने र नकुहिने गरी श्रोतमै अलग गरेर नपठाए फोहर ब्यबस्थापन संस्थाले फोहर उठाउन बाध्यनहुने किटान गरीएको र हालै काठमाडौं महानगरपालिकाले समेत यसरी फोहर अलग्गै नगरीकन गाडीमा राख्न ल्याउनेलाई रु ५०० जरीवाना गर्ने निर्णय गरेकोले अब फोहरलाई श्रोतमै वर्गिकरण गरेरमात्र ब्यबस्थापन गर्न यो अभियानले सबैमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०