अन्तर्राष्ट्रिय तहको माफिया र नेपाली मिडियाको साँठ गाँठले आम मतदाताको धार परिवर्तन गरेको तथ्य म संग छ – जयराम आचार्य

evccfn@gmail.com' rastriyakhabar
१० असार २०७९, शुक्रबार २२:२९

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को समिक्षा सहित नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठक ठुलो बाबू श्रेष्ठ को अध्य्क्षतामा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
सम्पर्क समन्वय समिति बागमती प्रदेश अन्तर्गत रहेका १० वटा जिल्ला अध्यक्ष तथा ईन्चार्ज वा प्रतिनिधि हरुले स्थानीय निर्वाचन मा सम्पर्क समन्वय समिति को भुमिका बारे रिपोर्टिङ गर्नु भएको थियो ।
कार्यक्रम मा बोल्दै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष जयराम आचार्य ले अन्तर्राष्ट्रिय तहको माफिया र नेपाली मिडियाको साँठ गाँठले आम मतदाताको धार परिवर्तन गरेको तथ्य आफू सँग रहेकोले यसमा पार्टी गम्भीर हुन ध्यानाकर्षण गराउनु भएको छ ।
रिपोर्टिङ राख्दै जिल्ला का प्रतिनिधिहरुले सम्पर्क समन्वय समितिलाई भुगोल पार्टी ले टुरिष्ट को रुपमा व्यवहार गरेको भन्दै आलोचना गर्नु भएको थियो ।
बैठक नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय समिती बिशेष प्रदेश ईन्चार्ज डिलाराम आचार्य को प्रमुख आतिथ्य , माओवादी केन्द्रीय सदस्य कमला दोङ , सम्पर्क समन्वय समिति बिशेष प्रदेश का अध्यक्ष श्री कृष्ण अधिकारी (बिबेक) को आतिथ्य मा सम्पन्न भएको थियो ।
बैठकले माओवादी केन्द्रको केन्द्रीय कार्यलय बैठकले गरेको निर्णय लाई कार्यन्वयन गराउन तल्लो समिति सम्म लाई निर्देशन दिएको छ ।
बैठक मा अध्यक्ष ठुलोबाबु श्रेष्ठ द्वारा प्रस्तुत परिपत्र तथा प्रस्ताव माथी छलफल गरिएको थियो ।
तल्लो समिति बाट उठेका विभिन्न सवालहरु लाई बैठकका अतिथिहरु तथा प्रमुख अतिथीले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०