काठमाडौं । पछिल्लो समय जनताको ढाड सेक्नेगरि सरकारले उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको भन्दै विरोध तथा आलोचना भैरहेको छ ।
यही अवस्थामा नागरिक समाज मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएको छ ।
आज (बिहीबार) नागरिक समाजका अगुवाहरुले माइतीघरमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘नागरिकलाई महँगीको मार, रमिते बनेको छ सरकार’ लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया