के नेपाल श्रीलंका जस्तै टाट पल्टन लागेको हो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७९, शुक्रबार ०४:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछानेले ८ असारमा सार्वजनिक रुपमै नेपाल श्रीलंकाको बाटोमा जानसक्ने खतरा औल्याए । उनले विदेशी मुद्राको संचिती घट्दै गएको, निर्यातको तुलनामा आयात निकै बढी रहेकाले विदेशी मुद्रा बढी बाहिरिएको जस्ता विषयहरु राखेर खतरा औल्याए ।

गभर्नर अधिकारीले श्रीलंकाको बाटोमा जानसक्ने खतरा औल्याउनु भनेको देश टाट पल्टनु हो । आजमात्र श्रीलंकाको संसदलाई सम्बोधन गर्दै त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघले देश टाट पल्टेको घोषणा गरे । उनले इन्धन र खाद्यान्न समेत आयात गर्ने विदेशी मुद्रा नभएको बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषसँग हारगुहार गरिएको र त्यसबाट आयात गर्न सकिने आशा व्यक्त गरे ।

श्रीलंका टाट पल्टनुमा पर्यटनमा बढी भर पर्नु पनि कारण हो । कोरोना भाइरसको महामारीले पर्यटन व्यवसाय ठप्पप्रायः भयो । अर्कोतर्फ, श्रीलंकाले चीनबाट बीआरआई अन्तर्गत अरबौं डलरको ऋण लिएको छ । त्यो तिर्न नसक्ने हालतमा छ ।

नेपाल पनि श्रीलंकाको बाटोमा जानसक्ने खतरा औल्याउनुमा विदेशी मुद्राको संचिती घट्नु एउटा मुख्य कारण हो । विदेशी मुद्राको सञ्चिती निरन्तर घटेर ११ खर्ब ४६ अर्ब ८८ करोडमा भरेको छ । यो ६ महिना मात्र आयात धन्न सक्ने अवस्थामा ओर्लिएको हो । व्यापार घाटा चुलिनुका साथै रेमिटेन्सको वृद्धिदर निरन्तर घटिरहेको छ ।

इन्धनको मूल्य अत्याधिक वृद्धि हुँदा ठूलो आर्थिक संकटको खतरा छ । ११ महिनामा इन्धनको आयातमा विदेशी मुद्रा विगतमा भन्दा दोब्बर वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा इन्धनको आयातबाट २ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत वर्ष यसै अवधिमा १ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो ।

खाने तेल, धान, गेडागुडी, फलफूल जस्ता अत्यावश्यक वस्तु खरिदमा पनि खरबभन्दा बढी रकम बाहिरिएको छ । सवारी साधनलगायत विलासी सामानमा पनि अरबौं रकम बाहिरिएको छ । देशबाट खरबौं रकम बाहिरिंदा विदेशी मुद्रा आउने क्रम घट्न थालेको छ । यही अनुपातमा अर्थतन्त्र अगाडि बढे देश श्रीलंकाको बाटोमा जानसक्छ । यसको मतलब विदेशी मुद्रा नभएर टाट पल्टन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०