नेपालको उत्पतिको बारेमा बिभिन्न कालखण्डमा बिभिन्न बिचारकहरुले नेपालको उत्पतिको बारेमा र नेपाल नाम रहनुको बारेमा नेपाल परिचयमा बिभिन्न ब्याख्या र बिश्लेषण गरेर लेखेको छन् ।
ने भनेको उन र पाल भनेको घर हो, यसको अर्थ नेपालमा पहिले धेरै भेडा पालेर जिविकोपार्जन गर्ने भएकोले त्यतिवेला घर बनाउने अन्य साधन स्रोत नैं नभएको कारण त्यतिबेला रैथानेहरुले भेडाको उनको घर बनाएर बस्ने भएको कारण नेपाल नाम रहन गएको हो भन्ने भनाई रहेको छ ।
अर्को अर्थमा ने भनेको ऋषिमुनि र पाल भनेको घर हो । नेपालमा ऋषिमुनिहरुको बस्ती बसायी भएको कारणले ऋषिमुनिको भनेर चिनिने देश भनेर चिनिने भएको कारणले नेपाल रहन गएको भनेर पनि उल्लेख गरिएको छ ।
सवै भन्दा ठुलो साँक्षी भनेको इतिहाँस नैं रहेछ । पृथ्वी नारायण शाहले बृहत नेपाल बनाउने कल्पना गरेर विभिन्न राज्यमा बिभाजित राज्यलाई एकीकरण नगरि दिएको भए चेपे पुर्व बाइसी राज्य र चेपे पश्चिम चौबीसी राज्य र तरइमा डोय राज्य नैं चलिरहन्थ्यो होला ।
हुन त पृथ्वी नारायण शाहले एकीकरण नगरेको भए पनि समयको माग अनुसार र समय परिर्वतन हुने क्रम बमोजिम अर्को कोहीद्धारा पनि राज्य एकीकरणको अवधारणा ल्याएर नेपालललाई बृहत नेपाल त बनाइन्थ्यो होला नैं ।
तर पनि पृथ्वी नारायण शाह भन्दाका बाइसी चौबीसी र तराईका डोय राज्य रजौटाहरुले आफ्नो राज्यलाई पुर्खौँ पैत्रिक सम्पति सम्झेर राज्य चलाई रहेको समयमा नोपललाई एकीकरण गरी बृहत नेपाल बनाउने कल्पनालाई साकार पार्नु भनेको दिब्य दृष्टि र महान बिचार भएका ब्यक्ति र महान कलाकौशल भएको ब्यक्तित्वको श्रेय पृथ्वी नारायण शाहलाई नैं जान्छ र यो गुण र उहाँको महान साहस बिर्सने जो कोही पनि नेपाली हुन सक्दैन ।
पुर्खाले आर्जेको राष्ट्र नेपाल भन्नुको कारण के होला भने यो नेपाल एकीकरण गर्ने जमर्को गरी बिभिन्न राज्यमा आँट गरी हिम्मत गर्नु चानचुने कुरा थिएन । यस कार्य प्रति पृथ्वी नारायण शाह प्रति उत्तरदायी सेना र अन्य बाइसी चौबीसी र डोय राज्यका जनताहरुले पनि साथ र सहयोग दिएका कारण एकीकरण गर्न सम्भव र सफल भयो । त्यसकारणले सवैको साथ सहयोगले नेपाल एकीकरण एकीकरण भएको गौरव महशुस गर्दै हाम्रा पुर्खाले आर्जेको राज्य भनिएको हो र पृथ्वी नारायण शाह पनि नेपालका ऐतिहाँसिक ब्यक्ति र ब्यक्तित्व भएको कारण उहाँ पनि ऐतिहाँसिक रुपमा हाम्रो पुर्खा नैं हो ।
पहिले नेपालमा लिखित कानुन नभएता पनि धार्मिक निति, बिधि र पद्धति अनुसार नेपालका राजनेताहरुले नेपालका हरेक पक्षहरुलाई संचालन गर्दै आएका थिए । खास गरी नेपालको पहिलो लिखित कानुनको रुपमा १९१० देखि लेखिएको मानिन्छ । तर त्यस पछि ऐतिहाँसिक कालखण्डहरुमा आउँदै गर्दा नेपालमा जहानिँया १०४ वर्षे शासन चलाउने राणा हटाउ अभियान होस वा ३० वर्षे एकतन्त्रीय शासन चलाउने पञ्चे शासन अन्त्यको लागि होस या २४० वर्ष सम्म राज संस्थाको बिजारोपण भै शासन चलाउने राज संस्थाको अन्त्य गरी नेपालमा लोकतान्त्रिक संघीय गणतान्त्रिक ब्यवस्थाको बिजारेपण गर्ने समयमा होस जुनसुकै समयका शासकहरुलाई परास्त गर्ने बेला पनि नेपाली जनता नैं नेपालका नेता कार्यकर्तालाई साथ सहयोग दिँदै आएका छन् । हरेक कालखण्डमा नेपालमा विभिन्न समयमा नेपालमा संविधानर ऐन कानुन बन्दै आएका छन् ।
विश्वकै उत्कृष्ट संविधानको रुपमा नेपालको संविधान २०७२ लाई मानिन्छ । यसमा २९७ धारा ३७ भाग र ७ अनुसुची समावेश गरेर संविधान जारी गरिएको छ । यसै संविधानलाई समातेर नेपाल अधिराज्यभर आम निर्वाचन गरी त्यो निर्वाचनले नेपाल कम्युनिष्ट पार्टी नकपालाई करीब दुई तिहाईको बहुमत, दोस्रो पार्टीको रुपमा नेपाली काँग्रेस र तेस्रो पार्टीको रुपमा संघीय समाजवादी जनता पार्टीलाई जनताले मत दिएका हुन ।
किन नेपाललाई आ–आफ्नो हैसियत बिर्सिएर बिना पद्धतिको राज्य बनाई राखेका छन् नेपालका राजनेता कहलाउने नेतागणहरुले ? किन नेपालको संविधानको मर्मलाई बिर्सिएर पद्धति, परिपाटी, रिती, प्रणाली, बिधि, तवर तरिका बिर्सिएर आ–आफ्नो ढङ्गवाट चलेर नेपाललाई अनिर्णयको बन्दी बनाई राखेका छन् ?
नेपालमा त बिभिन्न पार्टीहरुलाई आ–आफ्नैं घमण्ड चढीराखेको जस्तो देखिन्छ र उनीहरुको ताम झाम पनि त्यस्तै छ । नेपाली काँग्रेसले हामीले प्रजातन्त्रको स्थापना गर्यौं राणा भगायौं आन्दोलन चलायौं भन्ने घमण्ड, तत्कालीन एमालेलाई शामन्त उन्मुलन गर्यौं झापा आन्दोलन चलायौं भन्ने घमण्ड र संघीय जनता समाजवादी पार्टीलाई तराई मधेश आन्दोलन गर्यौं भन्ने घमण्ड रहेको आभास जनतामा रहेको छ ।
हरेक समय परिर्वतनशिल हुन्छ र परिर्वतन पनि भै राखेको पनि छ । राजनिति त झन मनसँगै परिर्वतन हुने सिद्धान्तसँग परिर्वतन हुने बादसँग परिर्वतन हुने र बिचारसँग परिर्वतन हुने भएकोले हरबखत परिर्वतन हुने भएको कारणले समय समयमा परिर्वतन भै राख्छ ।
हामलिे हाम्रै आँखा अगाडि राजाको छत्रछायाँमा पञ्चायती प्रजातन्त्रिक ब्यवस्था भन्ने र सक्रिय राजतन्त्रतात्मक ब्यवस्था चलिरहेको देखेका पनि हौं र भोगेका पनि हौं । २०३४÷०३५ सालमा राजा र पञ्चायती ब्यवस्था बिरुद्ध नेपालमा आन्दोलन भएपछि राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह घोषणा गरी बहुदल मान्ने कि निर्दल मान्ने भनी जनमत संग्रहको घोषणा गराए पछि अहिले नेपाली काँग्रेसका हस्ति मानिनेहरुले प्रत्यकले घाँटीमा पंहेलो टाला बाँधेर नेपाली जनतालाई पंहेलो रङ्ग भएको चुनाव चिन्हमा मतदान गर्न लगाई निर्दललाई जिताई बहुदललाई हराएको घटना हाम्रा आँखा अगाडि ताजै छ ।
फेरी पनि २०४६ सालमा पुनः नेपाली जनताको सहयोग र सहारामा नेपाली काँग्रेस र बाममोर्चाले अगुवाई गरी देशभरी महा आन्दोलन छेडेपछि राजा वीरेन्द्रले बहुदलको घोषणा गरी बहुदलीय प्रजातन्त्रिक ब्यवस्थाको पुनः सुत्रपात गरी २०४८ सालमा आम निर्वाचन गराए पछि अन्य पार्टीलाई पछाडि पार्दै नेपाली काँग्रेस पार्टीले सरकार बनाउने सामान्य बहुमत प्राप्त गरी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनाई नेपालमा सत्ता सञ्चालन गर्दे गर्दा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले भुइँ खुट्टा टेक्न छाडी नेपालमा बिभिन्न हर्कतहरु देखाउन थाली आफ्नो बिरोध गर्ने र समर्थन नजाउनेलाई विभिन्न प्रकारका झुठा मुद्दाहरु लगाउने, अरु पार्टीका साइनवोर्डहरु फाल्ने , अरु पार्टीका कार्यक्रममा ढुंगामुढा गर्ने, शिक्षक कर्मचारी नियुक्ति गर्दा आफ्नो पार्टीको टिकट नलिने र समर्थन नजाउनेहरुलाई नियुक्ति नदिने, अर्को पार्टीको नाम गर्नेहरुलाई गाउँमै बस्न नदिने, योग्यता, क्षमता, दक्षतको कुनैं पनि वास्ता नगरी हरेक प्रकारका राजनितिक नियुक्तिहरु, राजदुत, आयुक्त, मुख्य सचिव, मन्त्रालयका सचिवहरु, बिभागिय प्रमुख, सैनिक प्रमुख, प्रहरी प्रमुखहरु आफ्नो सर्मथन गर्ने र मातहतवाट चल्ने खालको ब्यक्तिहरुको ब्यवस्था गरी जिल्लामा खटाउने काम गरे ।
नेपाली काँग्रेसको यस्तो काम कार्वाही प्रति तत्कालीन कम्युनिष्ट पार्टी जनमोर्चाको चित्त नबुझेपछि नेपाली काँग्रेससँग ४१ बुँदे माग लिएर पेश गरे पछि नेपाली काँग्रेसले सम्बोधनको त कुरै नगरौं छलफल नैं नगरी तत्कालीन नेकपा जनमोर्चा पार्टीलाई भुमिगत हुन बाध्य तुल्यायो र पार्टी भुमिगत भै सकेपछि पटक पटक वार्तामा बस्ने वातावरण बनाउने तर सम्बोधन नगर्ने गरेर वार्ता नैं भाँडने र यी मावोवादीहरु जंगलका जंगलै हुन्छन, ओडारका ओडारै हुन्छन भन्ने र मावोवादीका कार्यकर्ता लगायतका सर्वसाधारण जनता समेतलाई सैनिक र प्रहरी लगाएर घर घरवाट छोप्दै ल्याउँदै वाटोमा लाइन लगाउँदै मार्दै हत्या गर्दै फाल्दै गर्न थाल्यो ।
यो सत्य कुरा हो र सत्य घटना हो । उदाहरणका लागि तत्कालीन स्यालापाखा गा.वि.स.को छिङवाट जङ्गबहादुर बि.सी. लगायत १० जनालाई कैलदेव खोला नजिकै ल्याएर हत्या गरी मारी फाल्यो एवं रितले खारामा हामी त नेपाली काँग्रेसका कार्यकर्ता हौं मावोवादी त गाउँ छाडिसके नपत्याए नेपाली काँग्रेसको पचियपत्र हेर्नुहोस भन्दा भन्दै पनि खाराका निहत्या जनताको लाइन लगाएर सामुहिक हत्या गरी माओवादीका घर आगो लगायौं भनी खारा, खुम्चेरी, रुँघा, चौखावाङ्गका हिल, भलाक्चा लगायतका ठाउँहरुमा घर आगजनी गरी ध्वस्त पार्ने काम रुकुम जिल्लामा नेपाली काँग्रेसकै सरकारले ज्याजती गरेको हो । यो कुरा मैंले कतै नजुराएर तोडमोड गरेर लेखेको होइन सारा नेपाली जनता र रुकुमली जनताको आँखा अगाडिको ताजा घटना हो ।
मैंले अन्य ठाउँहरुमा माओवादीको नाममा ज्याजतिका घटनाहरुको सत्य तथ्य विवरण संकलन गन गरेर सवै कुरा तयार पारेर लेख्ने जर्मको गरी रहेको छु । थाहा भएका र जानेका घटना मध्ये म यसैमा पनि जानकारी गराउँदछु ।
विश्वेश्वर पोर्खेल जुन एउटा सिम्रुतु क्षेत्रकै स्वास्थ्यकर्मी पाको सेवक ब्यक्ति समेत बिरामी परेको अवस्थामा सिम्रुतुको आफ्नै घरमा बसिरहेको अवस्थामा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सिआइडि सुराकीमा मारिएको छ । झुला ठाँटीमा खलंगा देखि सैनिक प्रहरीका पोशाक लगाई सुराकी गरेर मार्ने काम गरिएको छ । चुनवाङ्गमा एवं तरिकाले रुकुम जिल्ला माओवादीका नाममा नेपाली काँग्रेसको प्रपञ्च रच्ने र तत्कालीन नेकपा एमाले सर्मथन गर्ने गरेर सर्वसाधारण जनतालाई माओवादी युद्धको नाममा १८००० जनताको हत्या गरेको गराएको जिम्मा अहिले सरकारमा भएको पार्टी तत्कालीन नेकपा एमाले, तत्कालीन पार्टी माओवादी र बिशेष गरी जनहत्या गर्ने पार्टी नेपाली काँग्रेसले जिम्मा लिनुपर्दछ ।
नेपाली जनताले सवै पार्टीको बारेमा खोज तल्लास गरी गर्थात विवरण तयार पारी अनुसन्धान गरीसकेका छन । यो ज्यानमारा काम गर्ने राक्षसी पार्टी हामी होइनौं त्यो पार्टी हो र त्यसले गरेको हो भनेर मान्ने र पत्याउने कुरै छैन । राम्रोसँग हिसाव गर्नुपर्छ, माओवादीले जनयुद्धको नाममा कति जनता मारे र सरकारको नेपाली काँग्रेसले कति जना निहत्या जनता मा¥यो भनेर तँ झुठो म चोखो भनेर नेपाली जनताले पत्याउने छैन्न र मान्ने वाला पनि छैनन् ।
२०६६ सालमा नेपाली काँग्रेस नेता शेर बहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनी सत्ताच्युत गरेपछि मात्र नेपाली काँग्रेसका चेत फर्किए र माओवादी भनेको गौन दुश्मन र प्रमुख दुश्मन भनेको त राजतन्त्र पो रहेछ भन्ने चेतना भए पछि माओवादी पार्टीसँग साँठगाँठ गरी राजतन्त्र हटाउनतर्फ लागि २०६२÷०६३ मा जनआन्दोलन गरी राजतन्त्रलाई सवै पार्टी मिलेर घुँडाटेकाई दुइतिहाई बहुमतवाट राजा हटाउने भन्ने पार्टीहरुको सहमत गरी पहलिो संविधान सभाको बैठकवाट राजतन्त्रात्मक ब्यवस्थालाई बिदाई गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थाको स्थापना गरे पछि पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादी पार्टी पहिलो, नेपाली काँग्रेस पार्टी दोस्रो र नेकपा एमाले पार्टी तेस्रो भयो भने दोसो संविधान सभा निर्वाचनमा पहिलो पार्टी नेपाली काँग्रेस, दोस्रो पार्टी नेकपा एमाले र तेस्रो पाटी नेकपा माओवादी भयो र नेपालको संविधान २०७२ जारी गरियो ।
अव नेपालमा कहिले पनि युद्ध नगरी सहमति र सहकार्य र सम्झौता गरी अगाडि बढ्ने बाचाका साथ लागेका पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट क्रान्तिकारी पार्टी खोली मोहन बैद्य क्रान्तितिर लाग्नुभयो भने त्यसै पार्टीवाट फुटेर फेरी नेत्रबिक्रम चन्द(बिप्लप)ले अर्को पार्टी खोली पुनः जनयुद्धतिर लाग्नुभयो र उहाँको पार्टीलाई नेपाल सरकारले अवैधानिक ठहर गरी पार्टी प्रति प्रतिबन्ध लगाए पछि उहाँको पार्टी केही समय भुमिगत समेत रहयो ।
२०७४ को आम निर्वाचन पछि तत्कालीन एमाले पार्टी र माओवादी पार्टीले पार्टी एकता गरी चुनावमा जाने र तत्काललाई पार्टीको गठबन्धन गरी चुनावमा जाने सहमति गरी निर्वाचनमा भाग लिए पछि नेपाली जनताले नेपाली जनताको लागि भर भरस्यालो, राष्ट्रमा भ्रष्टाचार, अन्याय, अत्याचार र घुसखोरी, भ्रष्टाचारीहरुलाई निमिट्यान पारी नेपाल राष्ट्रमा शान्ति, सुरक्षाको सु–ब्यवस्था मिलाई राष्ट्रमा अमनचयन कायम गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने पार्टीको रुपमा छानी करीब दुई तिहाईको मत दिएर नेपालमा कम्युनिष्ट सरकार स्थापना गरी समृद्ध राष्ट्र र सुखी जनता बन्न जनताले दिएको मतको कदर गर्न नसकी नेपालमा सुन काण्ड, ह्वाइटबडी काण्ड, निर्मला हत्या काण्ड, ःऋऋ काण्ड, प्रिन्टिङ मेशीन खरिद काण्ड, कोरोना सामग्री खरिद काण्ड जस्ता काण्डै काण्डलाई थोपार्दै पार्टी एकीकरण गर्दाका सहमति, सहकार्य र सम्झौता तोड्दै पार्टी भित्रको बहुमतलाई र त्यस अटेरी र सर्वसत्ताबादी नेतालाई ठाउँ ठेगान लगाई कारवाही गर्न नसकी छाडा छोड्ने पार्टीलाई पनि के पार्टी भन्नु र जनताले पनि कसरी त्यस्तो पार्टी र त्यस्ता पार्टीका नेता कार्यकर्ताहरुलाई बिश्वास गर्नु पनि ! मुखले नेपाललाई स्वीटजरल्याण्ड बनाउनु प¥याछ ? “नेपाललाई त नेपाल नैं बनाउने पो हो” बरु के भन्नु पर्ने हो नेपाल र नेपाली जनतालाई स्वीटजरल्याण्डको भन्दा पनि राम्रो, ब्यवस्थित, सुखदायी र सुन्दर बनाउछौं भन्ने ठाउँमा त के भन्छन नेपाललाई स्वीटजरल्याण्ड बनाउछौं भन्दै फलाक्दै हिड्छन् नेपालका बिना लाजका नेताहरु अव जनता पनि बाँठाटाठा भई सके जो कोही र जे सुकै कुरा पत्याएर पछि–पछि लाग्ने वाला नेपाली जनता छैन्न् ।
नेपालका जुनसुकै पार्टीहरु नसचिएर, एकताबद्ध नभएर, हाइकमानको आदेशपालना नगरेर, निति, बिधि, बिधान र पद्धतिको पालना गरेर अगाडि बढ्न नसकेमा र जनताको जिवनशैलीमा परिवर्तन ल्याउन नसकेमा नेपाली जनताले पार्टीहरुलाई सित्तैमा भोट दिने, बहुमत प्राप्त गर्ने अवसर दिने छैन्न् । नेपालमा समाजवादको स्थापना गरी साम्यवादमा पुगेर सवै समान हुने र त्यो तेरो त्यो मेरो नभएर सवै राष्ट्रका हौं भन्ने हेक्का र हैसियत पु¥याउन भनेर दिएको मत हो । यस प्रति ख्याल पु¥याउने कि मेरै बाख्री छइँ सेर गर्ने हो ? कहिले आउलान सुध्रिने दिन ?
लेखक:- लाल बहादुर के.सी.
मुसीकोट ५ थर्पु रुकुम पश्चिम
पेशाले उहाँ शिक्षण गर्नुहुन्छ
प्रतिक्रियाको लागि फोन नंः९८६८२८६७३२
प्रतिक्रिया