पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोध गर्दै राप्रपा नेपालको भातृ संगठनले निकाले राँके जुलुस ।

evccfn@gmail.com' rastriyakhabar
९ असार २०७९, बिहीबार ०५:४१

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोध गर्दै राप्रपा नेपालको भातृ संगठनले निकाले राँके जुलुस । काठमाडौं । राप्रपा नेपाल सम्बद्ध जनबर्गिय संगठनहरुले पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको बिरोध गर्दै अहिले साँझ राँके जुलुस प्रदर्शन गरेका छन् । काठमाडौंको बिशालनगरबाट शुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो । बालुवाटार राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रिय सदस्य पुरु दाहालले जानकारी दिए । जुलुसमा मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट ,दलाल , घुसखोरलाई कार्बाही हुनुपर्ने जस्ता नारा लागेको थियो । युबा संगठनका अध्यक्ष कैलाश कटुवालले मूल्य वृद्धि फिर्ता नलिए बिरोध थप चर्काएर लैजान्ने बताए । जुलुशलाई कटवाल लगायत युबामोर्चाका नेता गृश्म बिक्रम मल्ल , विद्यार्थी संगठनका चेतराज सिंह,सचिन अधिकारी लगायत नेताले नेतृत्व गरेका थिए भने पार्टीका उपाध्यक्ष लाक्पा तामाङ लगायत पार्टी नेताहरु समेत जुलुसमा सहभागी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१