अश्लिल चलचित्रमा जोडियो श्री देवीको नाम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ आश्विन २०७१, सोमबार १३:५९

बलिउडमा सनसनी मचाइरहेको राम गोपाल बर्माको चलचित्र ‘सावित्री’ को विवादमा श्रीदेवी पनि तानिएकी छिन् ।
अश्लिलता प्रदर्शन गरेको भन्दै विवादमा परेको यो चलचित्रसँग श्रीदेवीको नाम पनि जोडिएर आएपछि उनी अदालत जाने संकेत दिएकी छिन् ।
सावित्री फिल्मका तस्विर शुरु देखि नै विवादमा छन् । राम गोपाल बर्माले आफ्नो चलचित्रको नाम सावित्रीबाट श्रीदेवी बनएपछि यो विषय अव अदालत पुग्न सक्ने देखिएको छ ।
श्रीदेवीले चलचित्रको नाम ‘सावित्री’ बाट ‘श्रीदेवी’ बनाइएकोमा आपत्ति जनाएकी छिन् । यो फिल्मको नाम नबदले आफूले नछोड्ने चेतावनी समेत उनले दिएकी छिन् ।
यस अघि नै यो चलत्रिको पोष्टरको विषयलाई लिएर भारतको स्टेट कमीशन फर प्रोटेक्शन अफ चाइल्ड राइट्सले राम गोपाल बर्मालाई सूचना पठाइसकेको छ ।
यो चलचित्रमा १५ वर्षीय किशोर २५ वर्षकी युवतीमा आकर्षित भएको कथा देखाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१