राधा र कृष्णको प्रेम कथा भिडियोमा, गरिमा र प्रिन्सको अभिनयको चर्चा

evccfn@gmail.com' rastriyakhabar
३ असार २०७९, शुक्रबार १६:१३

काठमाडौँ । लोकप्रिय गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको  राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक सुरेनले पछिल्लो समय एकपछि अर्को सफल गीतमा स्वर दिइरहेका बेला प्रेम रोमान्सले भरिएको राधा प्यारीबाट निकै आशा गरेको बताएका छन् ।

गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ । किशोर थापाको मिक्सिगं मास्टरिगं रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ ।

भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।  भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग गज्जबले खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयमकै रहेको छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन  र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् ।  इनाक्छी इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि  इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०