बाढी र पहिरोका कारण आज यी सडक बने अवरुद्ध

evccfn@gmail.com' rastriyakhabar
३ असार २०७९, शुक्रबार १५:०६

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरु अवरुद्ध भएका छन् ।

लमजुङको बेसिशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी-जोमसोम सडकखण्ड अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित बेलचौतारा-भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गएराति सडक अवरोध भएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नवलपरासी (पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाईएको डाईभर्सन गएराति बगाएपछि सडक अवरोध भएको छ ।

इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीटोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी आवश्यक उद्धार कार्यसमेत गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०