ओली प्रधानमन्त्री र भीम रावल रक्षामन्त्री हुँदा सेनाले अमेरिकालाई एसपीपीका लागि पत्र पठाएको खुलासा

evccfn@gmail.com' rastriyakhabar
२ असार २०७९, बिहीबार १८:०४

सैन्य साझेदारीसम्बन्धी अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी हुन नेपाली सेनाले ७ वर्ष अघि नै पत्र पठाएको खुलासा भएको छ । सरकारको स्वीकृती लिएर एसपीपीमा सहभागी हुन सेनाबाट पत्राचार भएको खुलेको हो ।

तत्कालीन प्रधानन्यायाधीश राजेन्द्र क्षेत्रीको हस्ताक्षर गरिएको पत्रको मिति २७ अक्टोबर २०१५ को मिति छ । १० कात्तिक २०७२ को उक्त मितिमा केपी शर्मा ओली प्रधानमन्त्री र भीम रावल रक्षामन्त्री थिए । पत्र नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गरिएको छ ।

एमालेले एसपीपीको सदनमा विरोध गरिरहँदा सेनाले अमेरिकालाई ओली प्रधानमन्त्री हुँदाको बखत लेखेको पत्र खुलासा भएको छ । यसले धेरै प्रश्नहरु उब्जिएका छन् । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एसपीपी सम्झौता गर्न लागेको चर्चा चलिरहेको छ । सदनमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१