आकाश र पूजाको दुई चलचित्र आउँदै

evccfn@gmail.com' rastriyakhabar
२ असार २०७९, बिहीबार १७:५९

कोरोना महामारीपछि नेपाली चलचित्रको रिलिज क्रम बढेको छ । यसै क्रममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माका अब दुई वटा चलचित्र रिलिज हुने भएका छन् ।

यी दुवैसँग पछिल्लो समय छायांकनका लागि फिल्म छैन । त्यसैले अभिनेत्री पूजा यसै महिना दाम्पत्य सम्बन्धमा बाँधिने तयारीमा छिन् । आकाश र पूजाले अभिनय गरेको चलचित्र ‘सम्झना बिर्सना’ यही महिनाको अन्तिम शुक्रबार सार्वजनिक हुँदै छ । यो चलचित्रको छायांकन सिक्किममा गरिएको हो ।

आकाश र पूजाले अभिनय गरेको अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि आगामी १७ भदौमा रिलिज हुने भएको छ । यो चलचित्रको १० भदौमा रिलिज गर्ने भनिए पनि अब १७ भदौमा रिलिज गर्ने निर्णय निर्माण टिमले गरेको छ । १० भदौमा अन्य दुई चलचित्र ‘प्रकाश’ र ‘दि सेक्रेट्स अफ राधा’ रिलिज हुने भएपछि सम्हालिन्छ कहिले मन १७ भदौका लागि सारिएको निर्माण पक्षले जनाएको छ ।

सम्हालिन्छ कहिले मनमा पूजा र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य, सोनम तोप्देनलगायतको मुख्य भूमिका छ । यो चलचित्रप्रति आपूmहरू निकै आशावादी रहेको आकाश र पूजाले बताएका छन् । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बूको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अमित बस्नेत, परी राना र अजितकुमार थापाको लगानी रहेको छ ।

पूजा र आकाशको भनाइमा यी दुवै प्रेम कथामा आधारित सिनेमा हुन् । सम्हालिन्छ कहिले मन ५ करोडको लागतको फिल्म भएकाले यो फिल्मप्रति यी दुवै जना बढी आशावादी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०