अभिनेत्री दीपिकालाई हृदयघातको लक्षण

evccfn@gmail.com' rastriyakhabar
२ असार २०७९, बिहीबार १७:५४

फिल्म छायांकनको क्रममा सास रोकिएपछि अकस्मात् अस्पताल भर्ना भएकी दीपिका पादुकोण फेरि छायांकनमा फर्किएकी छन् । उनी हाल हैदरावादमा अमिताभ बच्चनसँग प्रभासको नयाँ फिल्म ‘प्रोजेक्ट के’ को सुटिङ गरिरहेकी छन् । सुटिङको क्रममा अचानक उनको स्वास्थ्य बिग्रियो ।

तीब्र मुटुको धड्कन बढेर उनलाई सास फेर्न गाह्रो भएपछि मंगलबार छायांकन स्थलमै रहेका डाक्टरले उनलाई तत्कालै अस्पताल भर्नाका लागि सुझाव दिए । सोहीअनुसार उनलाई तुरुन्तै निजी अस्पतालमा भर्ना गरियो ।

उनको श्वासप्रश्वासमा समस्या आएको चिकित्सकले बताएका छन् । हालै दीपिका पादुकोणका बुबा प्रकाश पादुकोणको जन्मदिनको अवसरमा दीपिका पादुकोण आफ्ना सम्पूर्ण परिवारका साथ तिरुपति बालाजीको दर्शन गर्न आएकी थिइन् । त्यति बेला पनि उनलाई सास फेर्न गाह्रो भएर मुटुको धड्कन निकै बढेको थियो । चिकित्सकले यसलाई हृदयाघातको प्रारम्भिक लक्षणको रूपमा लिएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा केही घण्टाको उपचारपछि अभिनेत्री दीपिका फिल्मको छायांकनमा फर्किएकी छन् । उनका लागि निर्माण टिमले मुटुसम्बन्धी विज्ञ डाक्टरलाई छायांकनको सेटमै राखेका छन् । यो फिल्मको केही महत्वपूर्ण छायांकन सकेपछि अभिनेत्री दीपिकाले स्वास्थ्य पूर्णरूपमा परीक्षण गर्ने चिकित्सकले बताएका छन् ।

बुधबार दीपिका सेटमा अमिताभ बच्चनसँग सुटिङमा जोडिएकी छन् । निर्देशक नाग अश्विनले केही दिन आराम गर्न सुझाव दिँदा पनि अभिनेत्री दीपिका मानेकी छैनन् । उनले कामलाई महŒव दिएकी छन् । अभिनेता प्रभासले पनि दीपिकाको स्वास्थ्यप्रति चिन्ता जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१