रुस भारतको दोस्रो ठूलो तेल निर्यात गर्ने देश

evccfn@gmail.com' rastriyakhabar
२ असार २०७९, बिहीबार १७:१३

मे महिनामा रुस भारतको दोस्रो ठूलो तेल निर्यात गर्ने देश बनेको छ । रोयटर्सका अनुसार साउदी अरेबियालाई तेस्रो स्थानमा पु-याउँदै तेल निर्यातमा रुस अगाडि आएको हो ।

भारतले सबैभन्दा धेरै कच्चा तेल भने इराकबाट आयात गर्छ । मे महिनामा भारतीय प्रशोधकहरुले आठ लाख १९ हजार ब्यारेल प्रतिदिन रुसी तेल लिँदै आएका छन् । जुन हालसम्मकै उच्च भएको बताइएको छ । आधिकारिक तथ्यांकअनुसार अप्रिलमा यस्तो परिमाण दुई लाख ७७ हजार प्रतिब्यारेल रहेको थियो ।

युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाएपछि धेरै तेल आयातकर्ताले मस्कोसँगको कारोबार रद्द गरेका छन् । तर रुसले यहीबीचमा सस्तो दरमा तेल बेच्दै आएको छ । सोही कारण भारतीय प्रशोधकहरुले विरलै लिने रुसी तेल सस्तो भएकै कारण अवसरको रुपमा किनिरहेका छन् ।

मे महिनामा भारतको कुल तेल आयातको १६.५ प्रतिशत रुसी तेलको हिस्सा देखिएको छ । यसले गर्दा भारतलाई सीआईएस देशहरुमा २०.५ प्रतिशत हिस्सा बढाउन र मध्यपूर्वको ५९.५ प्रतिशतजति हिस्सा घटाउन राहत मिलेको तथ्यांकले देखाएको छ । अफ्रिकी कच्चा तेलको भारतको आयात हिस्सा गत महिना ११.५ प्रतिशत पुगेको छ । अप्रिलमा यस्तो हिस्सा दर ५.९ प्रतिशत थियो ।

भारतको तेल आयात मे महिनामा कुल ४९ लाख ८० हजार ब्यारेल प्रतिदिन रहेको थियो । जुन डिसेम्बर २०२० यताकै उच्च हो । बढ्दो स्थानीय मागसँग जुध्न भारतीय प्रशोधकहरुले प्रशोधनलाई बढावा दिइरहेका छन् । भारतको मे महिनाको तेल आयात अघिल्लो महिनाको तुलनामा ५.६ प्रतिशतले बढी र एक वर्षअघिको तुलनामा १९ प्रतिशतले बढी रहेको देखिएको छ ।

भारतले सस्तो रुसी तेल किनेकोबारे आफ्नो बचाउ गर्दै आइरहेको छ । रुसबाट धेरै तेल किनेपछि ओपेकको भारतीय बजार आयात हिस्सा भने अप्रिलमा घटेर ६५ प्रतिशतमा सीमित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०