एमसीसीबारे सडक र सदनमा चर्काचर्की

evccfn@gmail.com' rastriyakhabar
२ असार २०७९, बिहीबार १६:५१

एमसीसीबारे सडक र सदनमा चर्काचर्की नै भयो । यतिसम्मकी सत्ता गठबन्धन नै एमसीसीको कारण टुट्ला जस्तो भयो । तर, एमसीसी पारित भयो । गठबन्धनमा एमसीसी विरोधी भनिएका नेकपा माओवादी केन्द्र र नेकपा एसले नै साथ दिए ।

एमसीसी पारित भएको केही महिनामै एसपीपीको विषय उठेको छ । अमेरिकी सहयोग सम्बन्धी एमसीसी जस्तै एसपीपी स्टेट पार्टनरसीप प्रोगामले सडक र सदन तात्तिएको छ । एसपीसी सैन्य साझेदारीसम्बन्धी अमेरिकी कार्यक्रम हो ।

एसपीपीको मस्यौदा नै मिडियामार्फत् सार्वजनिक भएपछि अमेरिकाले त्यसलाई झुट भनेको छ । सरकारले एसपीपीमा नेपाल अहिलेसम्म संलग्न नभएको र हुने सोच नभएको बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले संसदमा बोल्दै असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अबलम्बन गरेको भन्दै कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्न नसक्ने बताए ।

नेपालमा अमेरिकी सेनाहरु आएकोबारे प्रश्नमा उनले प्राकृतिक विपद र मानवीय सेवाको क्षेत्रमा उद्धार र राहतका लागि सेनाहरु आएको बताए । नेपालले पनि विदेशमा विभिन्न तालिम र सेवाका लागि सेना पठाउने गरेको उनको भनाई थियो ।

तर, संसदमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल कडा रुपमा प्रस्तुत भए । उनले सत्ता पक्षले एसपीपी विवादमा आएपछि एमालेको टाउकोमा हाल्न खोजेको आरोप लगाए ।

संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षमाथि कुनै एक शक्तिराष्ट्रको स्वार्थको सम्बोधनमा लागिेको आरोप लगाइसकेका छन् । उनले सरकारको नियतमाथि नै प्रश्न गरे ।

पछिल्लो समय एमालेले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवामाथि विदेश नीतिको विषयमा विभिन्न आरोपहरु लगाइरहेको छ । तर, देउवा र उनीनिकट नेताहरुले प्रतिरक्षा मात्र गरेका छैनन् ओलीका पालामा विदेश मामलामा भएका कतिपय विवादास्पद कार्यहरुबारे बताउँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१