सार्वजानिक सम्पति हानि नोक्सानि गरेको आरोपमा भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसमेत ४ जना उपर आरोप–पत्र दायर

evccfn@gmail.com' rastriyakhabar
१ असार २०७९, बुधबार ०७:४८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया जिल्ला, राजापुर नगरपालिका वडा नं. ७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।
आयोगले आफ्नो आधिकारीक वेबसाईट मार्फत विज्ञप्ती जारी गर्दै यो कुरा बाहिर ल्याएको हो ।
विज्ञप्तीको पुर्णपाठ
प्रेस विज्ञप्ति
मिति २०७९।०२।३१ गते
जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं.७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार संकलन भई टेण्डर प्रक्रियावमोजिम सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागाडी – २ बर्दियालाई स्वीकृत गरी स्वीकृत भएबमोजिम लिलाम बिक्री भई आम्दानी रकम अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, राजापुर–७ बर्दियाका पदाधिकारीहरु अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाले आ.व. २०७४र०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट समूहको खातामा जम्मा भएको रकम तुरुन्तै चेकबाट रकम दाखिला गर्नेलाई नै फिर्ता दिई रु. २,७८,०८४÷– सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएकोले निजहरु लाहानु थारु, सोहन प्यारी थारु र राधेश्याम थारुलाई बिगो रु.२,७८,०८४।— (दुई लाख अठहत्तर हजार चौरासी रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा १७ ले व्यबस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद तथा जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुलउपर गर्ने समेतको मागदाबी लिइएको छ ।
यसैगरी सुरुची ट्रेड एण्ड सप्लायर्स, मगरागढी बर्दियाका प्रोपाइटर पारस गौतमले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाको आ.व. २०७४र०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत लिलाम सकार गरी सोबापत जम्मा गरेको रकम समूहका पदाधिकारीहरुलाई प्रलोभनमा पारेर मिलोमतोमा चेक काट्न लगाई समूहको खाताबाट रकम निकाली रु.२,७८,०८४।– रकम हिनामिना गरेकोले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गर्ने प्रतिबादीहरु लाहानु थारु, सोहन प्यारी थारु र राधेश्याम थारुको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज पारस गौतमलाई बिगो रु.२,७८,०८४।– (दुई लाख अठहत्तर हजार चौरासी रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्याशं र ऐ. ऐनको दफा १७ ले व्यबस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद तथा जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल गर्ने समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१