राज्यमन्त्री विमला नै प्रहरी खोरमा, पीडितले दिने भइन् जाहेरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७९, बुधबार ०५:३८

काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले मंगलबार बिहान एकराज बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ।

स्वास्थ्य राज्यमन्त्री वलीलाई भिड छिचोलेर इलाकाबाट प्रहरीले जिप्रका पुर्याएको हो । आफुमाथि हातपात भएको भन्दै मन्त्री वलीविरुद्ध बस्नेतकी श्रीमती मीना भण्डारीले जाहेरी दिँदै छिन् । उनले जाहेरी दिएसँगै वलीमाथि प्रहरीले कारवाही अघि बढाउनेछ ।

वलीको कुटपिटबाट मीनाको छाती र टाउकोमा चोट लागेको छ भने उनले लगाएको कुर्ता समेत च्यातिएको छ । वलीले एकराजकी ६ वर्षीया छोरीलाई पनि कुटपिट गरेकी थिइन् । छोरी विद्यायल जान तयारी अवस्थामा थिइन् ।

वलीलाई पति उत्तरकुमार वलीको दुर्घटनाबाट निधनपछि चुनाव जितेर सांसद बन्ने अवसर जुर्यो । त्यतिबेला उनी नेकपाको सूर्य चिन्हबाट दाङमा चुनाव लडेर प्रदेश सभा सांसद बनिन् ।

उत्तरकुमार वलीको निधनपछि विमला वलीबारे धेरै तथ्यहरु बाहिरियो । विशेषगरी लुम्बिनी प्रदेशको सरकार बनाउने र ढलाउने खेलमा उनी निर्णायक शक्ति बनिन् । कहिले एमालेमै रहेको भन्ने त कहिले माओवादीमा छु भन्ने गर्न थालिन् ।

बिमलाको एकराजसँगको चुम्बन गरिरहेको तस्बिर नै बाहिरियो । त्यसको बिमलाले खण्डन गरेर तस्बिर एडिट गरेर चरित्रहत्या गरेको दाबी गरिन् । एकराजलाई आफ्नो भाई भनिन् । अहिले आएर उनै एकराजलाई पोई भनेर विहानै घर पुगेर बबण्डर मच्चाइन् । आखिर उनले किन एकराजलाई पोई भनिन् र उनको पत्नीमाथि आक्रमण गरिन् ? प्रहरीले अनुसन्धान बढाएको छ ।

पछिल्लो समय बिमला र एकराजबीच विवाद देखिएको छ । विवादकै कारण उनी मङ्गलबार विहानै एकराजको तुल्सीपुरस्थित घरमा पुगिन् । गेटमा बेस्सरी हल्लाइन् । एकराजकी पत्नीलाई ढोका खोल्न लगाइन् । भित्र पुगेर उनले मेरो एकराज खोइ भनेको एकराजकी पत्नी मीना भण्डारीले बताएकी छिन् ।

बिमलाले एकराजको घर पुगेर बबण्डर गर्न थालेपछि स्थानीय जम्मा भए । मीनाले हारगुहार मागेपछि बिमलालाई ढोका थुनेर राखे र प्रहरीलाई बोलाए । विहानै अर्काको घरमा पुगेर हातपात गरेपछि प्रहरीले बिमलालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१