नेपाली चलचित्र कबड्डी ४ को प्रदर्शन रोक्न मुद्धा दर्ता

evccfn@gmail.com' rastriyakhabar
३० जेष्ठ २०७९, सोमबार १८:२१

काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ को प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता भएको छ । सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका निबासी रोबिन कुमार लामाले बौद्ध धर्म सङ्ग सम्बन्धित विभिन्न गुन्बा, सस्था, रेन्पोछे, खेन्पो र धर्मगुरुहरू सङ्ग नेपाली चलचित्र कबड्डि ४ मा देखाइएको कथा बस्तु, दृश्यहरू सम्बन्धी परामर्श गरि भबिश्यमा चलचित्रहरूमा बौद्ध तथा अन्य धर्म आस्था माथी आच आउने, धर्मको सिद्धान्त र उद्देश्य नै परिबर्तन भै भाबी पुस्ताले चलचित्रको श्रब्यदृष्यबाट गलत ज्ञान लिने खतरा भएकोले चेतनाको लागि मुद्दा दायर गर्नु पर्ने  भन्दै यो पुनराबेदन दायर गरिएको हो ।
श्री नेपाल सरकार समक्ष चढाएको पुनरावेदन–पत्र यस्तो छ
मार्फत :
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय,
काठमाडौं ।
विषयः चलचित्र प्रदर्शन रोकी काँटछाँट तथा हेरफेर गर्ने आदेश जारी गरी पाउँ ।
ङवाङ लामाको छोरा सिन्धुपाल्चोक जिल्ला ठूलोपाखर गा.वि.स.वडा नं. १ को परिवर्तित लिसंखुपाखर गा.पा.वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला का.म.पा.वडा नं. १५ बस्ने वर्ष ३९ को रोविन कुमार लामा मो.नं. ९८५११९११३४ पुनरावेदक
विरुद्ध
चलचित्र जाँच समिति, श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौं
प्रत्यर्थी
उपरोक्त विषयमा म पुनरावेदक पुनरावेदन दस्तुर वापत रु. १० को टिकट टाँस गरी चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ को उपदफाहरु ९ /३० ,९/४० र ९/५० समेतका कानुनी व्यवस्थाहरु बमोजिम निम्न लिखित व्यहोराको पुनरावेदन चढाउँदछु ।
१) म पुनरावेदक हाल उर्गेलिङ्ग गुम्बा सिन्धुपाल्चोकको अध्यक्ष रही बौद्ध धर्मावलम्बी तथा वौद्ध भिक्षुहरुको हक हितको कार्य गर्दै सनातन देखि चली आएको धर्म संस्कृतिको संरक्षण र अभ्यासको कार्य गरी आएको नेपाली नागरिकलाई प्रस्तुत विषयमा नेपाल सरकार समक्ष पुनरावेदन गर्ने हकदैया रहेको छ ।
२) प्रत्यर्थी चलचित्र जाँच समितिबाट लेखक राम बाबु गुरुङ्ग र उपेन्द्र सुब्बा निर्देशक राम बाबु गुरुङ्ग रहेको बाँसुरी फिल्मस्को प्रस्तुतीमा सुश्मा प्रोडक्सनको तर्फबाट मनिराम पोखरेल, ओम चन्द्र रौनियार र शुष्मा गुरुङ्ग प्रोडुसर रहनु भएको कबड्डी –४ नामको चलचित्रको जाँचपास भई मिति २०७९ साल जेठ १३ गतेदेखि फिल्म हलहरुमा देशभर प्रदर्शन भई रहेको छ ।
३) उक्त कबड्डी –४ चलचित्रमा “नायकको मुख्य उद्देश्य सोल्टीनी विवाह गर्ने रहेको, तेश्रो पटकसम्म कोशिस गर्दा पनि असफल भई मागी विवाह गर्न खोज्दा बेहुली भागेको कारण बेहुली फिर्ता ल्याउन नसक्ने भएपछि विवाह गर्न यो जुनिमा सम्भव नभएको निष्र्कष निकाली नायक लामा (भिक्षु) बनेर बसेको दृश्य प्रस्तुत गरिएको रहेछ । यसको अतिरिक्त लामा (भिक्षु) को भेषमा मानिसलाई कुटपिट गरेको सोल्टीनीलाई सह– नायकले भगाएपछि गुम्बामा फेरी फर्केर जाउँ भनी मुख्य नायकलाई आफ्नो बुवाले गेरु बस्त्र भरिएको रातो व्याग फालेर दिने समेतका दृष्यहरु रहेछ, जुन बौद्ध लामा (भिक्षु) परम्परा बमोजिम अस्वीकार्य छ ।
४) हाल प्रर्दशन भई रहेको उक्त कबड्डी –४ चलचित्रको मुल कथावस्तु र प्रस्तुतीका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा (भिक्षु) वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भिर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकुल असर पर्ने विषय समावेश हुँदा हुदै चलचित्र ( निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ को उपदफा ९/३० को कानुनी व्यवस्था विपरित प्रत्यर्थी चलचित्र जाँच समितिबाट उक्त चलचित्रलाई प्रर्दशन अनुमती दिने कार्य कानुन विपरित भएकोले सो उपर चित्त नबुझी नेपाल सरकार समक्ष यो पुनरावेदन पत्र चढाएको छु ।
५) संसार दुःखमय देखेर मन वैराग्य भई कुशल सन्दर्भका लागि भगवान् बुद्धका सम्पूर्ण शिल, समादी र प्रज्ञा उपदेश अर्थात त्रिपिटक अध्ययन चिन्तन र मनन गरी शुरु र तन्त्रमा नझुकिएको अनि सद्धर्म प्रबद्र्धन गर्न सक्ने करुणायुक्त, शिलपालन गर्ने, क्लेस (राग, द्धेष, मोह, ईष्र्या, घमण्ड) त्याग्ने प्रज्ञावाहन व्यक्तिलाई गुरु लामा भनेर भन्ने गरिन्छ । तर यस कबड्गी –४ फिल्मको कथामा केटी अर्कैले भगाएपछि काजिले विवाह गर्न सम्भव नभएर निरासापनले लामा भिक्षुु बनेको देखिन्छ । वास्तवमा लामा भिक्षु निराश भएर होइन, वैराग भएर बन्ने गरिन्छ । अर्थात केटी नपाएर , मन दुखाएर लामा (भिक्षु) बन्न जाने नभई सबै सान्सारिक कुरा प्राप्त भएपनि त्यो निःसार रहेछ भनी वैराग जागेर लामा (भिक्षु) बन्ने हो अर्थात भौतिक वा सांसारिक कुराहरुप्रति राग, मोह त्यागेर बन्ने बौद्ध धर्मको मर्म र आस्था हो । लामा बनेर मान्छे कुटेर हिंसा गर्ने बौद्ध धर्म सिद्धान्त मान्यता विपरित कार्य हो ।
६) मुलतः सम्पूर्ण सांसारिक माया, मोह, तथा भौतिक जगतको सुख सुविधा त्यागेर लामा (भिक्षु) बन्ने सनातन बौद्ध सभ्यता संस्कृति र परम्परा विपरित “विवाह गर्ने सबै योजनाहरु असफल भएपछि मात्र लामा (भिक्षु) बन्न बाध्य भईन्छ” भन्ने उक्त कबड्डी–४ चलचित्रको मुख्य कथावस्तुको प्रर्दशन, प्रचार प्रसार तथा प्रसारणको कार्यबाट बौद्ध सम्प्रदाय तथा लामा (भिक्षु) वर्गहरु प्रति नकरात्मक असर पर्न गई गम्भिर रुपमा मानहानी भई सामाजिक सद्भाव, सार्वजनिक हित, सदाचार वा नैतिकता प्रतिकुल समेतको वातावरण सृजना भएको र बौद्ध धर्मको उद्देश्य नै परिवर्तन हुने वातावरण श्रृजना गर्न खोजिएको साथै उक्त चलचित्र हेरे पश्चात् भावी सन्ततीले गलत ज्ञान लिने र धर्मप्रति नै नकारात्मक सोच राख्ने खतरा भएकोेले उक्त चलचित्रलाई प्रत्यर्थी चलचित्र जाँच समितिबाट प्रदान गरिएको प्रदर्शन अनुमतीपत्र प्रचलित नेपाल कानुन विपरित भएकोले बदर भागी छ ।
७) अतः माथि उल्लेखित सत्य तथ्य व्यहोरा तपसिलका प्रमाण र प्रचलित नेपाल कानुनहरुको आधारमा प्रत्यर्थी चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमती पाई हाल देशभरका फिल्महरुमा प्रदर्शन भईरहेको कबड्ी –४ चलचित्रको प्रदर्शनलाई तत्काल रोकी उक्त चलचित्रमा रहेको मानहानी हुने प्रकृतिका लामा (भिक्षु) भेष र सो सँग सम्बन्धित सबै श्रव्य दृश्यहरुलाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ को उपधारा ९४० बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाउँ ।
८। यो पुनरावेदन पत्र चलचित्र ९निर्माण, प्रदर्शन तथा वितरण० ऐन २०२६ को दफा ८ /९५० बमोजिमको हदम्याद भित्र यसै कार्यालय मार्फत नेपाल सरकार समक्ष पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
पुनराबेदक र निबेदक
रोबिन कुमार लामा
मोबाइल: 9851191134
Email: robinlama82@gmail.com

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१