स्वतन्त्र नागरिक वातावरण सफाई अभियानको सकृयतामा कालिमाटी क्षेत्रको फोहर उठाईयो

evccfn@gmail.com' rastriyakhabar
३० जेष्ठ २०७९, सोमबार १७:०२

काठमाडौं । स्वच्छ जिवन जिउन पाउने प्राणी जगतको अधिकारलाई बन्चित गर्ने मानविय स्वभाव लाई परिवर्तन गराउने उदेश्यका साथ गठन भएको स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानको पहलमा भएको सफाइ कार्य देखेर कालिमाटी क्षेत्रका बासिन्दाहरु खुसी भएका छन् ।
एक हप्ता अगाडीमात्र अभियानहरु निस्वार्थ रुपमा स्वतन्त्र भएर चल्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सामाजिक अभियन्ता मुकुन्द सिलवालको नेतृत्वमा गठन भएको अभियानले आज कालिमाटी क्षेत्रको सफाई अभियान सन्चालन गरेको थियो ।
काठमाडौं महानगरपालिका वडा नं १३ अन्तरगत पर्ने कालिमाटी क्षेत्रमा अत्यधिक फोहर थुप्रिएको भनेर स्थानिय हरुबाट गुनासो आउन थाले पछि सो क्षेत्रमा सफाई गर्न अभियन्तानहरु पुगेका हुन् ।
काठमाडौंकै सबभन्दा पुरानो तरकारी बजार रहेको यो क्षेत्रमा सामान्य अबस्थामा समेत फोहर देखिने गरेकोफुटपाथ ब्यपार र सानो क्षेत्रफलमा बनेको घरहरुमा धेरै मानिसहरुको बसोबास रहेको यो क्षेत्रमा अनाधिकृतरुपमा फोहरमैला थुप्रने गरेको स्थानियहरु बताउनुहुन्छ ।
काठमाडौं उपत्यका भित्रका आम नागरिकलाई जतिखेर जहाँ अप्ठ्यारो परेपनि सहयोग गर्न पुगिहाल्ने यहि क्षेत्रका बासिन्दा तथा उपत्यका ब्यापि सडक बिस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी को प्रमुख आतिथ्य र प्रहरी वृत कालिमाटी , महानगरपालिका प्रहरी का वातावरण प्रमुख पुर्ण चन्द्र भट्ट , नगर प्रहरी हरु , स्थानिय बासिन्दा तथा बिभिन्न सामाजिक संस्थामा आबद्ध भएका ब्यक्तिहरु र त्यस क्षेत्रमा निजि क्षेत्रको रुपमा फोहर ब्यबस्थापन गर्ने कम्पनिका ब्यक्तिहरु ल्गायत स्वतन्त्र रुपमा वातावरण जोगाउन लागिपर्ने अभियन्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
अभियान को सकृयतामा आज कालिमाटी क्षेत्र बाटमात्र २० गाडी फोहलाई संकलन तथा ब्यबस्थापन गरिएको छ ।
फोहर संकलनका साथै त्यस क्षेत्रमा काठमाडौं महानगरपालिका वातावरण बिभिागले किटनासक औषधि समेत छरेको थियो ।
कार्यक्रममा बालाजु , स्वयम्भु सम्मका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१