बगलामुखी हाइट समाज उपभोक्ता समितीले दियो नवनिर्वाचित जनप्रतिनिधिलाइ बधाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०७९, सोमबार ०६:०२

काठमाडौं । बगलामुखी हाइट समाज उपभोक्ता समितीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का  नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार बगलामुखी हाइट कोलनी प्रांगणमा भएको कार्यक्रममा  बगलामुखी हाइट समाज उपभोक्ता समितीको अध्यक्ष मुकुन्द ढुंगानाको  अध्यक्षतामा र बगलामुखी हाइट समाज उपभोक्ता समितीको सदस्यहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का नव निर्वाचित अध्यक्ष राजु अधिकारी , वडा सदस्यहरु शर्मिला गौतम केसी , गंगा परियार , सम्बर गुरुङ र राजेन्द्र अधिकारीलाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो । कार्यक्रममा उक्त क्षेत्रमा भएका बिकास निर्माण सिसि क्यामेरा बती र सार्बजनिक जग्गा लाई ब्यबस्थित गर्ने बारे अनुगमन समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का नव निर्वाचित अध्यक्ष राजु अधिकारीले समस्याको  पहिचान गरि तुरुन्तै समाधान गरिने बताउदै हाल गर्नुपर्ने कामहरुको योजना समेत माग गरेका थिए ।  वडा सदस्य शर्मिला गौतम केसीले टोल टोलका समस्या दैनिक जसो फिल्डमै गएर हेरेर कहाँ कति बजेटको आवश्यक छ नोट समेत गरेको बताएकि छिन् । वडा सदस्य सम्बर गुरुङ र राजेन्द्र अधिकारीले हाल गर्नुपर्ने कामको टोलका बासिन्दा संग बसेर छलफल गरिरको बताउनुभयो ।

कार्यक्रममा निम्तो नवांग शेर्पाले स्वागत सहित टोलमा भएका  समस्या बताएका थिए भने कार्यक्रमको संचालन टिकालाल तामागले गरेका थिए ।

बगलामुखी हाइट समाज उपभोक्ता समितीको अध्यक्ष मुकुन्द ढुंगानाले टोल टोलमा बती बाटो सिसि क्यामेरा र सरकारी जग्गा भएको ठाउमा पार्क लगाएतमा नव निर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने बताउनु भएको थियो।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१