किवानिज क्लब अफ युनिक नेपालले बालबालिकाहरुलाई गर्यो सहयोग हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७९, शुक्रबार ०६:२६

काठमाडौं । पछिल्लो समय बिभिन्न सामाजिक काममा आफ्नो सकृयता बढाउँदै आएको किवानिज क्लब अफ युनिक नेपालले काठमाडौंको धापासीमा रहेको एक बालगृहमा सहयोग गरेको छ ।
वरिष्ठ संचारकर्मी मुकुन्द ढुंगाना को अध्यक्षतामा रहेको यस संस्थाले बालगृहमा रहेका ५० भन्दा बढी बाल बालिकाहरुको लागि स्कुल ब्याग , स्टेसनरी सामान , खाध्यान्नहरु लगायत आवश्यक सामाग्री प्रदान गरेको हो ।
हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक संस्थालाई किवानिज क्लब अफ युनिक नेपालले निरन्तर रुपमा सहयोग गर्दै आईरहेको बालगृहको अध्यक्ष बिनिता अर्याल ले बताउनु भयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना , महासचिव दिपक अधिकारी , समाजसेवी तथा युवा ब्यबसायी आर्यन पुडासैनी , समाजसेवी मन्जु सिंह , कोषध्यक्ष सुमित्रा रन्जित ,आई टि ब्यबसायी द्रोण पराजुली , तामाङ समुदायका चर्चित संचारकर्मी तथा मिसन संमृद्ध नेपालका महासचिव मिलन कुमार लामा , सामाजिक अभियन्ता डि.बि.पराजुली को उपस्थिति रहेको थियो ।
अमेरिका बाट शुरुभएको यो संस्थाले बिशेषगरी बालबालिकाको स्वास्थ्य , शिक्षा र खेलकुद क्षेत्रमा सहयोग गर्दैआएको संस्थाका महासिचव दिपक अधिकारीले बताउनु भयो ।
समाजसेवी ब्यबसायी हरुको सहयोग र संस्थाको समन्वयमा मात्र यस्ता कार्यक्रम सम्भव भएको भन्दै संस्थाका अध्यक्ष मुकुन्द ढुंगानाले संपुणर् सहयोगी हातहरुलाई हार्दिक आभार ब्यक्त गर्दै सबै बाल बालिका हरुलाई उज्वल भविश्यको कामना गर्नु भएको थियो ।
सो बालगृहले बालबालिका हरुलाई भविष्यमा आत्मनिर्भर बनाउन अहिले देखिनै बिभिन्न किसिमका वाल पेन्टिङ, जुत्ता चप्पल बनाउने लगायतको ट्रेनिङहरु गराउँदै आएको संस्थाको अध्यक्ष बिनिता अर्याल ले बताउनु भयो ।
कार्यक्रममा उपस्थित सबैले आवस्यकता अनुसार यस्ता सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।
औपचारीक कार्यक्रम संगै त्यहाँ रहेका बालबालिकाहरु संग केक काटेर रमाईलो समेत गरीएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१