तीन दिनभित्र त्रिविको ताला खोल्न अनेरास्ववियूको अल्टिमेटम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७९, बिहीबार ०५:१२

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु) ले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दी खोल्न तीन दिने अल्टिमेटम दिएको छ । विगत पाँच महिनादेखि भइरहेको तालाबन्दी तीन दिनभित्रमा खोल्न अनेरास्ववियुले माग गरेको हो ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले एक विज्ञप्ती जारी गर्दै तीन दिनभित्रमा तालाबन्दी नखोले ताला फोड्ने चेतावनी दिइन् । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विगत पाँच महिनादेखि तालाबन्दी गरेको छ । उक्त ताला तीन दिनभित्रमा खोलेर विश्वविद्यालयको काम सञ्चालन गर्न अनेरास्ववियुले माग गरेको हो ।

विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले नेविसंघका नेताका नेताहरूले आक्रमण गरेका थिए । आक्रमण गर्नेलाई अदालतले धरौटी माग गरेको थियो । तर, नेविसंघले उक्त धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्नुपर्ने अभिप्रायले तालाबन्दी गरेको अनेरास्ववियुको आरोप छ ।

वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झण्डको समर्थनमा अहिले विश्वविद्यालयमा बन्द रहेको अनेरास्ववियुको आरोप छ । अनेरास्ववियुले यस्तो कार्यमा संलग्न हुनेलाई राजनीतिक संरक्षण नदिन नेविसंघ र प्राध्यापक संगठनहरूले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०