सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन ।

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७९, बिहीबार ०४:४९

सुरेश छन्त्याल/ गलकाेट । बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीमा चट्याङ लाग्दा अन्दाजी ७० वर्षिय रामप्रसाद श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएकाे छ। स्थानीय लालबहादुर श्रीसकाे जानकारी अनुसार करिव दिउसो साडे ४ बजे घरमा परिवार संग बसेकाे अवस्थामा चट्याङ लाग्दा ७० वर्षिय श्रीसकाे मृत्यु भएको हाे ।

५ जना परिवार बसिरहेकाे अवस्थामा एक्कासी चट्याङ लाग्दा श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएको छ। त्यस्तै २९ वर्षिय उनका कान्छा छाेरा भुवाल श्रीसलाई पनि चट्याङ लागेकाे र करिव २० मिनेटपछि उनी सामान्य अवस्थामा आएकाे पुर्व गाविस अध्यक्ष दिलबहादुर पुनले जानकारी दिनु भयाे। थप जानकारी आउन बाकि रहेकाे स्थानीयले बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१