काठमाडौंकाे फोहोर व्यवस्थापन गर्न काङ्ग्रेस नेता केसीको यस्तो छ सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७९, बुधबार ०७:२६

काठमाडौं । काठमाडौं र ओखरपौवा ल्यान्डफिल साइट नुवाकोटको विद्यमान फोहोर व्यवस्थापनको समस्या समाधान एकांकी काठमाडौं महानगरवाट मात्र पर्याप्त देख्दिन।
स्थानिय पीडित जनताबाट बारमबार उठाइएका आवाज, विभिन्न प्रतिवेदनहरुमा उल्लेखित आवश्यकताहरू र आजसम्म भएका सम्झौताहरूको कार्यान्वयनका लागि निम्नलिखित मागहरूलाई यथाशिघ्र कार्यान्वयन गरिनु अनिवार्य छ—

१) आजसम्म भए गरिएका संपूर्ण सम्झौताको अक्षरशः कार्यान्वयन प्रक्रिया सुरु हुनुपर्छ ।

२) स्थानीय विकास र पूर्वाधार निर्माणमा त्यसक्षेत्रका ६० गाउँहरूमा विशेष लगानी,पहल र कार्यान्वयन हुनुपर्छ ।

३) स्थानीय शिक्षणसंस्थाहरूको स्तर उन्नति र सुब्यवस्थापन गर्नुपर्छ ।

४) एम्बुलेन्स सहितको आधुनिक उपकरणयुक्त त्यहाँका स्वास्थ्यसंस्थालाई उपलब्ध गराई स्वास्थ्य सेवा व्यवस्थित र सुचारु गराउनुपर्छ ।

५) त्यहाँका सबै सामाजिक संस्था र क्लबहरूलाई स्वास्थ्य सचेतनाको अभियन्ता र सेवालायक बनाउनुपर्छ ।

६) तीनपिप्ले, ओखरपौवा, चाउथे, कुमरी हुँदै गल्छी सडक विस्तार तथा कालोपत्रे हुनुपर्छ, यो राजधानी र गल्छी जोड्ने वैकल्पिक मार्ग पनि भएकोले विशेष प्राथमिकतामा राख्नका लागि म त्यसै क्षेत्रको को प्रतिनिधि रहँदा पनि मैले निरन्तर प्रयास गरेको हुँ।

७) विद्युतीकरण गर्न बाँकी रहेका गाउँलाई तुरून्त विद्युतीकरण गरिनुपर्छ ।

८) उक्त प्रदूषित र संवेदनशील क्षेत्रका जनताको स्वास्थ्यप्रति सरकारले स्वास्थ्यबिमा लगायत अन्य सजगताका साथ उचित जिम्मेवारी बहन गर्नु अनिवार्य छ ।

९) स्थानीय बञ्चरेडाँडामा आजसम्म भएका सम्झौता अनुरुप कुनै आधारभूत काम नभएकोमा त्यसलाई कार्यान्वयन सुरु गर्नुपर्छ ।

१०) फोहोरमैला फालेको स्थानबाट उपभोग्य, मल, ग्यास उत्पादन हुनेभएकोले सानै स्केलमा भएपनि त्यसको उत्पादन, प्रशोधन तथा वितरणको व्यवस्था मिलाउने लगायतका कुराहरू आवश्यक छ।

११) फोहोरमैलाबाट उत्पन्न लेदो कोल्पुखोलामा मिसिनुभन्दा पहिले प्रशोधन हुनुपर्छ ।

यसबाहेक स्थानीय सर्वदलीय समिति र जनप्रतिनिधि हरुसंगको सहकार्यमा विशेष केन्द्रित गर्नु आवस्यक छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१