एनएमएमा सत्तारूढ गठबन्धनका तर्फबाट निमानुरु शेर्पाको नेतृत्वमा प्यानल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७९, बुधबार ०७:२४

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नेतृत्वका ५ दलियगठबन्धनले उम्मेदवार चयन गरेको छ । सत्तारूढ दलको तर्फबाट निमानुरु शेर्पाको नेतृत्वमा उम्मेदवार चयन गरेको हो ।

यो नेतृत्वको बरिस्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दिपेन्द्र पाण्डे(कपिल), महासचिवमा मोहन लम्साल,सचिवमा धनबहादुर गुरुङ र कोषाघ्यक्षमा मुक्ति पाण्डे सहित १० सदस्यीय प्यानल सार्वजनिक गरेका छन् ।

यता नेकपा एमाले निकट व्यवसायीहरु भने प्यानल निर्माणमा रहेको बुझिएको छ ।

३१औं वार्षिक साधारण सभा यहि २८ र २९ गते हुदैछ । उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१