काठमाडौंमा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७९, बुधबार ०६:५४

काठमाडौं । अब काठमाडौंमा घर बनाउने प्रयोजनका लागि ४ आना भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने भएको छ ।

भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको‘ भु–उपयोग नियमावली २०७९’मा यस्तो व्यवस्था गरिएको हो ।
मन्त्रालयले २३ जेठमा राजपत्रमा प्रकाशित गरेर नयाँ नियमावली सार्वजनिक गरेको हो ।

त्यस्तै, मन्त्रालयले काठमाडौं उपत्यकामा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा ५ सय वर्गमिटर (१५.७६) आना भन्दा कम हुने गरी कित्ताकाट गर्न बन्देज लगाएको छ ।

तराई र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१