हुण्डी कारोबारीदेखि सुन तस्करीसम्म समातिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७९, मंगलवार ०४:५१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न अपराधमा संलग्नहरुलाई पक्राउ गरि सार्वजनिक गरेको छ । हुन्डी र गैरकानुनी सटहीमा संलग्न रहेको आरोपमा कालिमाटीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका( ७ स्थायी घर भएका ५४ वर्षीय जयकमल शाह कलवार रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरका अनुसार शाह बस्दै आएको दुइटा फ्ल्याटबाट १७ लाख ६६ हजार ३०० नेपाली रुपैयाँ र १२ लाख ८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको छ । प्रहरीले सुन तस्करीमा संलग्नहरुलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०