देउवाले गठबन्धनका सबै दलका मन्त्री हेरफेर गरेर एकैपटक पुर्नगठन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७९, मंगलवार ०४:४६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हाललाई नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने कदमलाई रोकेका छन् । बजेट पारित गर्न बाँकी भएकाले उनले अहिलेलाई नेकपा एसका मन्त्रीहरुलाई काम जारी राख्न भनेका छन् ।

देउवाले अब एकै पटक सबै दलका मन्त्रीहरु हेरफेर तथा पुर्नगठन गर्ने बुझिएको छ । उनले नेकपा एसका मात्र नभई आफ्नो दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट पनि मन्त्रीहरु हेरफेर गर्ने विश्वस्त स्रोतले बताएको छ । तर, असार नलागी मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ ।

माधवकुमार नेपालले नयाँ मन्त्रीहरुको लिष्ट बालुवाटार पुर्याएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले पनि देउवासँग छलफल गरेका छन् । जसपाले पनि मन्त्रीहरु हेरफेर गर्ने तयारी बढाएको छ । माओवादी केन्द्रमा पनि केही मन्त्रीहरु हेरफेरको कुरा चलिसकेको छ ।

देउवाले नेपाली काँग्रेसबाट पनि नयाँ अनुहार ल्याउनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरबारे छलफल चलिसकेको छ ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि दुई मन्त्री दिएर सरकारमा समेट्ने प्रयासमा देउवा लागेका छन् । उनले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग शनिबार भेटेर यसबारे कुरा गरिसकेका छन् ।

अब देउवाले मन्त्रिमण्डल एकैपटक हेरफेर गर्ने बुझिएको छ । अब पुर्नगठन गर्दा गठबन्धनका चारवटै दलको हेरफेर गरिने र लोसपालाई समेत सकेसम्म समेट्ने तयारी भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१