संसदको चुनावको पूर्वतयारीमा निर्वाचन आयोग, असार १ बाट मतदाता नामावली दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७९, मंगलवार ०४:४१

काठमाडौं । के तपाईंको मतदाता नामावलीमा नाम छुटेको छ ? या तपाईंले भर्खर १८ वर्ष उमेर पूरा गर्नुभएको छ ? यसो हो भने मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न सक्नुहुनेछ ।

निर्वाचन आयोगले १ असारबाट मतदाता नामावलीमा नाम छुटेका र हालै १८ वर्ष पूरा भएकाका लागि नाम दर्ता गर्न खुलाउने निर्णय गरेको छ ।

यसका लागि १८ वर्ष पूरा भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटोसहित नामावली दर्ता गराउन सक्नेछन् ।

नयाँ नाम दर्ता गर्न मात्र नभई त्रुटी भए सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरा नाम परेको भए हटाउन समेत सक्नेछन् ।

ठाउँ परिवर्तन गर्न आवश्यक प्रमाणसहित पेश गर्नुपर्ने हुन्छ । कतिपय मतदाताले बसाईंसराईंको प्रमाण देखाएर ठेगाना परिवर्तन गर्न सक्नेछन् ।

यसै वर्ष हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका रुपमा मतदाता नामावलीको नयाँ दर्तालाई लिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१