सल्लाहकार र जनप्रतिनिधिलाई बधाई तथा सम्मान सहित क्यान्सर केयर नेपालको पाचौ बार्षिकउत्सव भव्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७९, सोमबार ०५:४६

काठमाडौँ । काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी स्थित एक रेस्टुरेन्टमा क्यान्सर केयर नेपालको पाचौ बार्षिकउत्सव भव्यताका साथ सम्पन्न भएको छ।

आफ्नो पाचौ बार्षिकउत्सवको अबसरमा सस्थामा ११ जना सल्लाहकार मनोनित गरेर क्यान्सर केयरलाइ देश ब्यापी बनाउने अभियानमा रहेको भन्दै सस्थाले  स्थानिय तहको आसन्न चुनावबाट निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा सम्मान गरेको थियो ।

क्यान्सर केयर नेपालका महासचिब मुकुन्द ढुंगानाद्वारा सहजीकरण गरिएको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष सिता थापा भट्टराईको सभापतित्वमा  भर्खरै सम्पन्न स्थानिय तहको चुनावबाट निर्वाचित गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा, वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष मधु तामाङ वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ७ का वडाअध्यक्ष केशब बहादुर गुरुङ वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा लगायत सम्पूर्ण सदस्य जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो।

कार्यक्रममा क्यान्सर केयर नेपालका उपाध्यक्ष  भवानी प्रसाद पौडेलले स्वागत मन्तब्य राख्दै जनताको अभिमतले जितेर आएका जनप्रतिनिधिहरुले ५ वर्ष कार्यकालको लागि समग्र गोकर्णेश्वर नगरपालिकाको हित र विकासका लागि प्रतिबद्धताका साथ निर्वाचनका अवधिमा गरेका प्रतिबद्धता र घोषणा अनुरुप काम गर्नेमा बिश्वास व्यक्त गरेका थिए। उनले क्यान्सर केयर नेपालको टिममा बरिष्ठ व्यक्तिहरुलाई जोड्न पाउदा खुसि लागेको बताउदै आगामी दिनमा कसरि सस्थालाइ अगाडी बढाउने सल्लाह गरेर लैजाने बताए ।

क्यान्सर केयर नेपालको पाचौ बार्षिकउत्सबको अबसरमा सस्थाले सल्लाहकारमा माननीय प्रतिनिधि सभा सदस्य कृष्ण राई , पुर्व नगरप्रमुख सन्तोष चालीसे,अध्यक्ष नेपाल मेडिकल कलेज डा भोला रिजाल,नेपाल क्यान्सर केयर हस्पिटलका डा कपेन्द्र शेखर अमात्य
काठमाण्डौ महानगरपालीकाका वडा ७ का वडा अध्यक्ष साथै नेपाल क्यान्सर रिलिफ सोसाइटिका अध्यक्षका बिबेक कुमार होडा,बरिष्ठ  शिक्षाबिद जगन्नाथ देबकोटा,बरिष्ठ समाजसेबि दिपक सिंह भण्डारि,समाजसेवि व्यावसायी पेमा छिरी शेर्पा,नवजिवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल,समाजसेवी तथा व्यवसायी लीमा अधिकारी,शिक्षाबिद तथा साहित्यकार देवी प्रसाद घिमिरे सहित ११ सल्लाहकार सदस्यमा राखेर सस्थाले उहाहरुलाई प्रमाणपत्रले सम्मान गरेको  थियो  ।

क्यान्सर केयर नेपालको पाचौ बार्षिकउत्सबको अबसरमा बधाई तथा शुभकामना कार्यक्रमलाइ सल्लाहकार र अतिथिहरुले क्यान्सर पिडितलाई सहयोग गर्ने र क्यान्सर लाग्ननै नदिने उपायहरु अपनाउनु पर्ने कुराहरु राखेका थिए।

बधाई तथा शुभकामना मन्तब राख्दै माननीय सांसद कृष्ण राईले क्यान्सर केयर नेपाललाइ सरकार संग समन्वय गरेर बिभिन्न कार्यक्रम अगाडी बढाउने र जनचेतना सहितका कार्यक्रम घर घरमा लैजाने गरेर  अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका सिता थापा भट्टराईले बिगतमा भएका धेरै कामको अनुसरण गर्दै आगामी दिनमा झन् सशक्त भएर सबैको साथ र सहयोगमा  अगाडी बढ्ने बताउदै  कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गरि कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१