नेकपा (एकीकृत समाजवादी) ले नयाँ मन्त्रीहरुको नाम सिफारिश गर्यो, जीवनराम श्रेष्ठ बन्ने भए पर्यटनमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७९, सोमबार ०४:५४

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले अहिले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयसँगै नयाँ मन्त्रीहरुको नाम पनि सिफारिश गरेको छ । हिजो र आज बसेको सचिवालय बैठकले अहिले सरकारमा भएकाहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको हो ।

एक नेताकाअनुसार पार्टीले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको छ । अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङ भने फूल मन्त्री बन्नेछन् ।

त्यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् । अहिले पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छन् । उनले पार्टीले सिफारिश गरेअनुसार नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाउन लागेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१