मेरो त भविष्य नै समाप्त हुन्छ: नायिका मिरुना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७९, आईतवार ०४:१६

काठमाडौँ । नायिका मिरुना लामाले आफ्नो भविष्यनै समाप्त हुने बताएकी छन् । यता फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वीकार गर्दै मिलापत्रमा हस्ताक्षर गर्न बाध्य भएको दाबी गरेका छन् । भिडियो कुराकानीमा फुर्वाले हिरोइन मिरुनाले आफूसँग आफ्नो गल्ती देखिएमा करियर बिग्रने र फिल्म पनि नचल्ने भन्दै रोएपछि उल्टो आफैले गल्ती स्विकारेको बताएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबारबाट भाइरल भिडियो संवादमा फुर्वाले हिरोइन मिरुना र फिल्म टिमप्रतिको दयाका कारण बाहिर जनमानसलाई देखाउनका लागि आफैँले क्षमा मागेको बताएका छन् ।

मिरुनाले आफूलाई जोगाइदिनु भनेर रोएपछि मात्र आफूले गल्ती स्वीकारेको फुर्पाको दाबी छ । उनले मिलापत्र कागजमा एक–अर्काको गलत बुझाइका कारण घटना भएको लेख्न खोजिए पनि नायिका मगरले आफ्नो करियर सकिने भन्दै बिलौना गरेपछि आफूले गल्ती स्वीकारेको बताएका छन् ।

‘‘हामीले लेख्न खोजेको एक अर्काले ‘मिस अन्डरस्ट्यान्ड’ भनेर लेख्न खोजेको थियो । यसैमा माफी माग्ने भनेको थियो । अनि हिरोनीले मानेन। मेरो जिन्दगी सिनेमा हो, मलाई मान्छेले मार्छ यो अक्षर चाहिँ म आफूलाई बचाउनका लागि हो भन्यो हामीलाई । उहाँ रोई राथ्यो ।

पछि आधा घण्टा त्यही शब्दमा अड्केर बस्यो सबै । १५ मिनेट पछाडि हामी मिलेको खबर आएन भने फिलिम बन्द गर्ने कुरा आयो रे । छिटो गरौँ न त छिटो भनेपछि हामीले पनि अलिकति मायाजस्तो लाग्यो । केही हुँदैन होला भनेर त्यसमा साइन गर्‍यो । उनीहरूले पनि फिलिम चलाउनुपर्ने । गल्ती भनेर हुन्छ नि त उहाँलाई बचाउनलाई आफैँ गल्ती भएको भनेँ।’’ फुर्पाले भनेका छन् ।

फुर्पाले आफूले मिरुनामाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन्। फिल्म हेरेर निस्किने बेलामा अरू दर्शकले ‘सेलिब्रेटी’ आएको भनेपछि आफू त्यतैतिर गएको फुर्पाको भनाई छ ।

मिरुनासँग सेल्फी खिच्न जाँदा भिडमा कसैले धकेलेका कारण उनलाई छोइएको उनले स्विकारेका छन्। आफ्नो हातले मिरुनालाई छोइएपछि उनले थप्पड हानेको र भिडसँग डराएर आफूले माफी मागेको उनले भिडियोमा दाबी गरेका छन् ।

फिल्म हलबाहिर आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले फुर्पालाई थप्पड हानेर माफी माग्न लगाएकी थिइन् । साथै उनले फुर्पालाई प्रहरीमा बुझाएकी थिइन् । दुई दिन हिरासतमा बसेर तीन हजार धरौटीमा छुटेलगतै १७ जेठमा मिरुनाले मिलापत्र गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१