फेसबुकबारे अर्को नया रोचक तथ्य सार्बजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ आश्विन २०७१, आईतवार ०९:२८
सामाजिक सञ्जाल फेसबुकले विश्वभरका मानिसहरुको दिनचर्या नै बनिसकेको छ ।
facebook
मानिसलाई प्रत्यक्ष भन्न नसकेका कुराहरु मानिस फेसबुकमार्फत एकअर्कासंग सेयर गर्ने गर्छन । फेसबुक र मानिासहरुबीचको सम्बन्धका बारेमा एक अध्यन सार्बजनिक भएको छ । अध्ययनले रोचक निष्कर्श निकालेको छ । अध्ययनको नतिजाले अन्र्तमुखी एवं लजालु मानिसहरु फेसबुकमा धेरै झुम्मिने देखाएको छ ।
अध्ययनका अनुसार बहिर्मुखी र फरासिलो मानिसको तुलनामा अन्र्तमुखी र लजालु मानिसले आफ्नो धेरै समय फेसबुकमा बिताउँछ । यस्ता मानिसले फेसबुकमा हुने संवाद र अन्र्तक्रियामा आफ्नो बारेमा पनि खुलेर भन्दैनन् । अल्वानिया विश्वविद्यालयले गरेको सो अध्यनका अनुसार अन्र्तमुखी एवं लजालु मानिस फेसबुकको प्रयोग धेरै गर्ने भएपनि उनीहरुले आफ्नो फोटो अपलोड तथा आफूसँग जोडिएका मानिसहरुको वाल र पोस्टमा भने सक्रियता देखाउँदैनन् ।
यो अध्ययनले बहिर्मुखी स्वभावका मानिसहरुले भने फेसबुकको फाइदा सक्दो उठाउनेका रुपमा देखाएको छ । अध्ययनका अनुसार बहिर्मुखी मानिसहरु फेसबुकमा भिडियो तथा फोटोहरु नियमित रुपमा अपलोड र स्टाटस अपडेट गरेर आफूसँग जोडिएका साथीभाई तथा आफन्तहरुसँगको सम्बन्धलाई सक्रिय र सबल बनाउन र त्यसबाट उत्पन्न फाइदा लिनमा सफल रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१