रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ आश्विन २०७१, आईतवार ०९:२२

– भान्साघरमा दैनिक उपयोग गरिने बेसार अर्थात् हर्दी केवल स्वाद तथा आकर्षणमा मात्र सीमित छैन, यसले पूरा शरीरको रक्षा गर्छ।


– भनाइ नै छ, सर्दीका लागि हर्दी। दैनिक दूधमा बेसार हालेर खाँदा रुघा-खोकी तथा चिसोले सताउँदैन भने आन्तरिक घाउ पनि ठीक हुन्छ।

– ईएनटी अर्थात् नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि ज्यादै उपयोगी छ बेसार। परम्परागत रूपमै हामीले यसको प्रयोग गर्दै आएका छौं।

– छातीमा कफ जमेको छ, खोकी लागेको छ भने दुई दाना मरिच, एक चिम्टी बेसार घिउमा मिसाएर बनाइएको लेपले छातीमा हल्का मालिस गर्दा फाइदा हुन्छ।

– पुरानो खोकी (सुख्खा होस वा अन्य) भने हल्दीको टुक्रा चुस्ने। राति पनि हर्दीको टुक्रा मुखमा राखेर खुत्ने।

– बेसारको सेवनले रगत शुद्ध बनाउँछ।

– पिलो तथा घाउमा बेसार लगाउँदा फाइदा हुन्छ।

– बेसार एन्टिबायोटिक पनि हो। आधुनिक चिकित्सा पद्धतिमा दिइने एन्टिबायोटिकले मित्र जीवहरूलाई पनि नष्ट गर्छ, तर बेसारले शत्रु जीवलाई मात्र नष्ट गर्छ।

– संस्कृतमा बेसारलाई ‘कृमृघ्ना’ भनिन्छ, जसको अर्थ हुन्छ— कीटनाशक।

– सौन्दर्य प्रशाधनमा पनि बेसार प्रयोग हुन्छ। बेसार, चनाको बेसन तथा तोरीको तेल एक साथ प्रयोग गर्ने हो भने अझ राम्रो हुन्छ।

– बेसारमा भएको तैलीय पदार्थ शरीरले सहजै ग्रहण गर्छ र शरीर सुन्दर देखिन्छ।

– जन्डिसमा २-३ ग्राम बेसार मोहीका साथ खाँदा फाइदा पुग्छ।

– बेसारमा मानव शरीरलाई स्वस्थ तथा सुदृढ बनाउन आवश्यक सबै गुण विद्यमान छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१