जया मल्टिपल क्याम्पसद्वारा गोकर्णेश्वरका नव- निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना भब्यताको साथ सम्पन्न (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७९, बिहीबार ०५:०८

काठमाडौँ । काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा स्थापित शैक्षिक संस्था जया मल्टिपल क्याम्पसद्वारा स्थानिय तहको आसन्न चुनावबाट निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा सम्मान गरिएको छ।

जया मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलद्वारा सहजीकरण गरिएको बधाई तथा शुभकामना कार्यक्रममा क्याम्पसका  अध्यक्ष जगन्नाथ देवकोटाको सभापतित्व भर्खरै सम्पन्न स्थानिय तहको चुनावबाट निर्वाचित गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसाल, कागेश्वरी मनहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्की , उप प्रमुख सान्नानी लामा, वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष मधु तामाङ वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ७ का वडाअध्यक्ष केशब बहादुर गुरुङ वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा लगायत सम्पूर्ण सदस्य जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो।

कार्यक्रममा जया मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले शुभकामना मन्तब्य राख्दै जनताको अभिमतले जितेर आएका जनप्रतिनिधिहरुले ५ वर्ष कार्यकालको लागि समग्र गोकर्णेश्वर नगरपालिकाको हित र विकासका लागि प्रतिबद्धताका साथ निर्वाचनका अवधिमा गरेका प्रतिबद्धता र घोषणा अनुरुप काम गर्नेमा बिश्वास व्यक्त गरेका थिए। उनले निर्वाचन अघि जुन दलको झण्डा मुनि रहेर निर्वाचन लडे पनि निर्वाचित भए संगै समग्र नगर बासीको हितका लागि राजनीतिक दल भन्दा माथि उठेर नगरपालिका र देशको झण्डा मुनि रहेर समान निस्पक्ष रुपमा काम गर्नेमा जोड दिएका थिए।

बधाई तथा शुभकामना कार्यक्रमलाइ सम्बोधन गर्दै माननीय सांसद कृष्ण राईले नगरपालिकाले  आगामी ५ वर्ष भित्र कस्तो नगरपालिकाको रुपमा गोकर्णेश्वर नगरपालिका देख्न चाहन्छन उनीहरु संग भएका योजना र भिजनको बारेमा समेत कार्यक्रम राखेर राखिने  उत्कृष्ट योजना र भिजनलाइ लागू गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका जगन्नाथ देवकोटाले  बिगतमा भएका कमि कमजोरीलाइ सच्याउदै अगाडी बढ्नुपर्नेमा सुझाव दिएका थिए ।उनले सम्पूर्ण जनप्रतिनिधिहरुलाई नगरपालिकालाइ शैक्षिक हबको रुपमा विकास गर्न समेत अनुरोध गर्दै त्यसमा हाम्रो सदैब  सहयोग रहने पनि बताएका थिए भने कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गरि कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

गोकर्णेश्वर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१