पर्यटन मन्त्रीसँग बाआमालाई मुक्तिनाथ घुमाएर दुई दिनमा आउँदै छु भनेका थिए राजनले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७९, मंगलवार ०६:२५

धनुषा । विमान दुर्घटनामा परेका राजन कुमार गोले एकीकृत समाजवादीका नेता रहेका छन् । गोले एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य हुन्।

 

विमानमा गोलेसहित उनका परिवारका सात जना परे । विमानमा उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए ।

शुक्रवार घरबाट मुक्तिनाथ दर्शनका लागि हिँडेका उनीहरू शनिवार पोखरा पुगेका थिए। आइतबार बिहानै तारा एयरको विमानबाट मुक्तिनाथ दर्शनका लागि हिँडेको परिवारजनले जनाएका छन् ।

 

मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो स्थानीय विकास राज्यमन्त्री हुँदा राजनले उनका स्वकीय सचिवको रूपमा काम गरेका थिए।

राजन सामाजिकसँगै राजनीतिक क्षेत्रमा समेत सक्रिय थिए। स्थानीय तहको निर्वाचनको मत गणनासम्म धनुषामै रहेका उनी मत परिणाम आएपछि काठमाडौं गएका थिए। उनका बुवा-आमा काठमाडौंको गोकर्णेश्वमा बस्दै आएका थिए।

 

राजनले मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री महतोसँग दुई दिनपछि आउने बताएका थिए। ‘राजनको कुराकानी भएको थियो‚’ महतोले भने‚ ‘केही काम भएकाले जनकपुर आउन आग्रह गर्दा उनले मामा‚ आमाबाबुलाई मुक्तिनाथ घुमाएर दुई दिनमा आउँदै छु भनेका थिए।’

चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१