कर्मचारीको तलब १५ प्रतिशत वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७९, मंगलवार ०५:३६

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ ।

संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको बताएका हुन् ।

त्यसै गरी, सरकारले कर्मचारीको तलब सुविधा अध्ययन गर्न तथा श्रमिकको तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा गरेको छ ।

यससँगै मुख्यसचिवले अहिले पाउँदै आएको तलब ६७ हजार १४० रुपैयाँ रहेकोमा अबको तलब ७७ हजार २११ हुनेछ ।

यसैगरी सचिवको तलब ९ हजार ४०२ र सहसचिवको तलब ७ हजार ४०७ रुपैयाँ बढेको छ ।

उपसचिवको तलब ६ हजार ३५७ बढेको छ भने शाखा अधिकृतको तलब ५ हजार ६९९ बढेको छ ।

त्यस्तै नायब सुब्बाको तलब ४ हजार ५३० र खरदारको तलब ४ हजार २९२ ले बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१