६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता दिइने घोषणा (भिडिओसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७९, सोमबार ०५:२७

काठमाडौं । सरकारले ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ । यसअघि ७० वर्ष माथिकालाई मात्रै सामाजिक सुरक्षा भत्ता दिईँदै आईएको थियो । त्यस्तै, लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था पनि गरिएको छ । सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० बाट सुरु गर्न लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘घर जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनीले मात्र घरजग्गा कारोबार गर्न पाउने आवश्यक प्रबन्ध गरिने छ,’ मन्त्री शर्माले भने । आगामी आर्थिक वर्षबाट महानगरपालिका र उपमहानगरपालिकामा सो व्यवस्था कार्यन्वयन गरी क्रमसः सबै स्थानीय तहमा लागु गरिने उनले जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१